आवरउदयपुर,फागुन १६।उदयपुरमा पहिचान पक्षधरले कालो दिन मनाउने भएको छ । १ नं प्रदेशको नाम कोशी राखिएको विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले भोली फागुन १७ गते कालो दिनको रुपमा स्मरण गर्दै मनाउन लागेको उदयपुरका संघर्ष समिती अध्यक्ष गंगा राईले बताए ।
प्रदेश नं. १ पुनः नामांकन संयुक्त संषर्घ समितिको आयोजनामा प्रत्येक जिल्ला तथा पालिकाहरुमा कोशी प्रदेश विरुद्ध आमसभा, कोणसभा र विरोध कार्यक्रमहरु सञ्चालन गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । ०७९ फागुन १७ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले १ नं प्रदशको नाम कोशी राखेको थियो । १ नं प्रदेशको नाम पहिचानको आधारमा नराखि कोशी राखिएको भन्दै पहिचान पक्षधरहरु आन्दोलित भएका थिए भने आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ) ले ज्यान समेत गुमाएका थिए । कयौ ब्यक्तिहरु घाईते भएका थिए । हालका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वको सरकारले पहिचान पक्षधरसँग वार्ता गरी दुई चरणको वार्ता सम्पन्न गरिसकेको छ । सो कार्यक्रम प्रदेश नं.१ को १४ वटै जिल्लामा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय