आवरउदयपुर,चैत्र २४
प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएका छन् ।
टेबुल गरिएका विधेयकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ रहेका छन् ।
उक्त विधेयक मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरू प्रतिनिधि सभामा टेबुल गरेका हुन् ।
राष्ट्रिय सभामा सो विधेयकहरूमाथि विस्तृत छलफल गरिएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।






