सुनसरी२०७७फागुन २६ हिमाल राई वराहक्षेत्र
सुनसरी र उदयपुर जोडने सप्तकोशी नदिको नयाँ मोटरेवल पुलमा वति जडान भए पनि रातको समयमा रात्री वति नवल्दा सर्बसाधारण व्यक्तिहरु त्रसित वनेको छन।
सप्तकोशी नदी पुलमा सडक बत्ती भए पनि रातको समयमा सर्वसाधारण व्यक्तिहरु सवारी साधन अध्यारोमा आवतजावत गर्ने बाध्य भएका छन।
सप्तकोशीको नदीको नयाँ पुल हरेक कुराले अति महत्वपूर्ण र संवदेनशील क्षेत्रको रुपमा प्रख्यात-परिचित रहेको छ।यहाबाट दैनिक हजारौंको संख्यामा यातायातका साधन र सर्वसाधारण व्यक्तिहरु अावत जावत गर्ने गरको छन।
सुनसरी र उदयपुरको दुवै तर्फ बाटोको छेउमा प्रहरी बिट चेक पोष्ट र सि.सि क्यामरा रहेको भएता पनि अध्यारोको फाइदा उठाउँदै
अपराधी मनोवृद्धि भएका व्यक्तिहरूले साझको समयमा अध्यारोको फाइदा उठाउँदै दुई नम्बरी अवैध धन्दाको अोसार पसारमा गरीरहेका कुराको यही वाटो प्रयोग गरी लागुपदार्थ लोड गरी सुनसरी तर्फ ल्याउदै गर्दा गाडी सहित ठूलो परिमाणमा गाजा सहित २ जना व्यक्तिलाई सुनसरी प्रहरीले पक्राऊ गरी सार्वजनिक गरे पछि अवैध कारोबारमा यहि बाटो प्रयोग गरी विभिन्न जिल्ला स्थानमा पुग्ने गरेको कुरा सर्वसाधारण व्यक्तिहरुको ठहर छ।
पुलमा भएका रात्री कालिन वत्तिहरु बल्दा अवैध धन्दाको कारोबार गर्न समस्या हुने हुदा पुलमा भएका रात्रीकालिन वत्तीहरु ग्याटिसको प्रयोग गरी तोडफोड गरेर अवैध कारोबारमा चलाई रहेको आरोप स्थानीयले लगाएका छन।वारी पारी प्रहरी बिट छ कसले कुन नियतले एक पछि अर्को वत्तिहरु फुटाउछ? यस वारेमा सम्बन्धित निकायले छानबिन गर्न जरुरी छ।
सम्बन्धित र सरोकारवाला निकायहरुले पुलमा रहेका सडक बत्तीहरुलाई चाडो भन्दा चाडो मर्मत सम्भार गरी अध्यारोमुक्त वनाई साझको समय सर्वसाधारण जो कोही व्यक्तिहरुलाई नया पुलमा निर्धक‌ एक्लै दोक्लै सवारी साधनमा आवत जावत धुमफिर वस्ने वातावरण तयार गर्ने हो भने अझ आन्तरिक बाह्रय धार्मिक, पर्यटकहरुलाई भित्र्याउन सकिने कुरा प्रदिप राईको ठहर छ।
सुनसरी जिल्लाको वराहक्षेत्र नगर पालिका वार्ड नं १ नयाँ पुलबाट सप्तकोशी नदीमा पानीजाहाज चडेर वराहक्षेत्र मन्दिर धनकुटाको त्रिवेणी अवस्थित अरुण र तमोर नदीको संगम स्थल विचमा रहेको किरातीहरुको आस्थाको केन्द्र खुवालुङ ढुङ्गाको दर्शन गर्न जलयात्राको आनन्द लिन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय