गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिँदै, प्रम बालेनलाई स्पष्टीकरण बुझाएर पुगे रवि निवास
बैशाख ८, २०८३ मंगलबार ०२:४३
गृहमन्त्री सुधन गुरुङ विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी रहेको लघुबीमा कम्पनीमा सेयर रहेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।
सोही प्रकरणलाई लिएर राजीनामाको मागसमेत उठिरहेको छ ।
यसबीच गृहमन्त्री गुरुङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सेयर ऋणमार्फत लिएको दाबी गर्दै स्पष्टीकरण दिएका छन् भने सम्पत्ति विवरण लुकाएको आरोपको पनि सामना गरिरहेका छन् ।
गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।
विवाद चुलिएपछि उनी पार्टी सभापति लामिछानेसँग छलफल गर्न पुगेका हुन् ।
स्रोतका अनुसार उनले सभापतिसँग छलफल गरेर आजै राजीनामा दिनेछन् ।
यसअघि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई लिखित स्पष्टीकरण दिएका छन्।






