बर्खेडाँडास्थित वबिना राइको दुईतले घरमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बविना राईको दुईतले घरमा दिउँसो करिब ४:३० बजे आगलागी भएको हो। आगो घरको तल्लो तलामा रमेश राईले भाडामा सञ्चालन गर्दै आएको फर्निचर पसलमा समेत फैलिएको थियो।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनामा बविना राईको घर तथा घरभित्रका सामग्रीमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने रमेश राईको फर्निचर पसलमा रहेका फर्निचर, नगद २० हजार रुपैयाँ तथा चाँदीका सामग्री गरी करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। यससँगै कुल अनुमानित क्षति १२ लाख रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा तथा चौदण्डीगढी नगरपालिकाको दमकलको संयुक्त प्रयासमा साँझ ५:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय