देशभर हावाहुरीसहित विभिन्न ठाउमा भारी वर्षा हुने संभावना
तिजा मगर चैत्र २५, नेपालको जल तथा मौसम विज्ञान विभागले आज विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले सावधानी अपनाउन आवश्यक छ। देशभर बादल लाग्नेछ भने केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।






