आवरउदयपुर, भदौ २०
‘तिनै तहको सरकार मिलि गरौं हातैमालो, मानव वेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने नारासहित शुक्रबार उदयपुरमा मानव बेचविखन तथा ओसारपसारविरुद्धको १९औं राष्ट्रिय दिवस–२०८२ भव्यतापूर्वक मनाइएको छ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति उदयपुर र जिल्ला प्रशासन कार्यालयको आयोजनामा गाईघाटको पिपलचौकबाट सुरु भएको प्रभातफेरी वि.पी. चौक, मेनचौक हुँदै पुनः पिपलचौकमा समापन भएको थियो। कार्यक्रममा जिल्ला प्रशासन प्रमुख प्रेमप्रसाद लुईटेल, जिल्ला समन्वय समिति उदयपुर प्रमुख गौरबहादुर विश्वकर्मा, जिल्ला प्रहरी प्रमुख राजन चापागाईंसहित सामाजिक संस्था, सचेत नागरिक र युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, संविधान २०७२, फौजदारी संहिता २०७४ लगायतका कानुनले मानव बेचबिखनलाई गम्भीर अपराध मानेर कडा सजायको व्यवस्था गरेका छन्। साथै पीडितको उद्धार, पुनःस्थापना, उपचार र कानुनी सहायता सुनिश्चित गर्ने प्रावधान पनि रहेका छन्। नेपालले यससम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्मेलनहरूमा समेत प्रतिबद्धता जनाएको छ।

कार्यक्रमलाई सफल बनाउँदै सहभागीहरूले मानव बेचबिखनविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै सबै तहका सरकार र समुदायले हातेमालो गरेर यो अपराध अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय