
आवरउदयपुर,भदौ १७ ।
साझासेवा घर उदयपुरले आफ्नो तेस्रो साधारणसभा एवं सामाजिक परीक्षण सम्पन्न गरेको छ।
संस्थाकी अध्यक्ष गिता कार्कीको अध्यक्षता र जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाले आश्रयविहिन बालबालिकाको पालन–पोषण, स्वास्थ्य, शिक्षा र खेलकुद सुनिश्चित गर्दै आएको जानकारी दिँदै हाल ११ जना बालबालिका रहेको बताए। सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
प्रमुख अतिथि विकले हरेक चुनौतीका बावजुध सेवा गर्ने उद्देश्यप्रति धन्यवाद दिँदै संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै, अक्षयकोषका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे।
कार्यक्रममा पूर्व मेयर बलदेव चौधरी, जिल्ला समन्वय समिति उपप्रमुख तेजप्रसाद गिरी, त्रियुगा–१६ का वडा अध्यक्ष मानबहादुर राई, गैसस महासंघ अध्यक्ष सिर्जना पौडेल, सञ्चारिका समूह अध्यक्ष गंगा राई, ओरेक नेपाल अध्यक्ष सुमित्रा पोख्रेल र उदयपुरकी प्रथम साहित्यकार सारदा भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए।
स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष फुलकुमारी मगर (राधा)ले राखेकी थिइन् भने सञ्चालन संस्थाका सचिव विक्रमी चौधरीले गरेका थिए।