
आवरउदयपुर,भदौ ५ ।
उदयपुर, त्रियुगा — नेकपा माओवादी केन्द्र अनेम संघ (क्रान्तिकारी) त्रियुगा नगर समितिको आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अनेम संघ क्रान्तिकारीकी अध्यक्ष गोमा कार्कीको अध्यक्षता तथा प्रदेश १ की माननीय सम्झना तामाङको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा अनेम संघ क्रान्तिकारी प्रदेश सदस्य विना राई, नेकपा माओवादी केन्द्र उदयपुरगढी गाउँपालिका अध्यक्ष गंगा राई, त्रियुगा नगर समिति अध्यक्ष मान बहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रमुख अतिथि तामाङले तिज दरखाने कार्यक्रमलाई मात्र नारीहरूको भेटघाट नभई आपसी दुखसुख साट्ने र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै, “हामीले आफ्नो अधिकार सदुपयोग गर्न सक्नुपर्छ। दर खाने नाममा तडकभडक गरेर विकृति ल्याउने होइन, संस्कार र संस्कृतिको रक्षा गर्ने भूमिका खेल्नुपर्छ,” भन्ने धारणा राखिन्।
कार्यक्रम त्रियुगा बसपार्कस्थित माओवादी केन्द्रको सभाहलमा भएको थियो। कार्यक्रममा त्रियुगा नगर इञ्चार्ज विमल किराँती, सह-इञ्चार्ज नर बहादुर कार्की, नगर उपाध्यक्ष राधारमण, वडा नं. १२ का अध्यक्ष नविन वान्तावा राई, सचिवालय सदस्य जिवनी वान्तावा राई, त्रियुगा–११ पार्टी अध्यक्ष गीता राई, वाइसीएल नेपाल नगर सदस्य अर्जुन तामाङलगायतको उपस्थिति रहेको थियो।
परिकारमा खिर ,आलुदम र अचार थियो भने कुनैपनि खालको मादक पदार्थ,पेय पदार्थ सख्त मनाहि गरिएको अध्यक्ष कार्किको भनाई छ।
करीब २५० महिलाको हर्षोल्लासपूर्ण सहभागिता रहेको कार्यक्रममा सचिव गोमा राईले सञ्चालन गरेकी थिइन्