
आवरउदयपुर,भदौ १
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(महासचिव गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) को जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले (अगस्ट १७ तारिख)आज भदौ १ गते आईतवार त्रियुगा नगरपालिकामा ‘Green Earth’परियोजनाको एक हिस्सा रहेको वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
पिपलचोकदेखि मेनचोक हुँदै त्रियुगा बसपार्कसम्म सडक, पेटी, पसल अगाडिका फोहर, प्लास्टिक, पेयपदार्थका बोतल, चकलेट–चाउचाउका खोल, सिसाका टुक्रा र बिजुलीका पोल वरिपरिका झार संकलन गरी व्यवस्थापन गरिएको थियो। सरसफाई विहान ७ बजेदेखि सुरु भई ९ बजेसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा करिब ५०-५५ जना स्वयंसेवकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले “सहरलाई सफा र फोहरमुक्त बनाउन ASEZ WAO टिमले दिएको योगदान सराहनीय छ, नगरपालिकाले अभियानलाई निरन्तर साथ दिनेछ” भन्दै धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै विशेष अतिथि वडा नं. ८ का सदस्यले युवा स्वयंसेवकहरूको कामबाट समुदाय खुसी भएको र अझ धेरै सेवामूलक काम गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो।
ASEZ WAO का एक अधिकारीका अनुसार, अभियानले परिवार र भावी पुस्ताका लागि स्वस्थ, सुन्दर र हरित वातावरण निर्माण गर्ने लक्ष लिएको वताउनु भयो।
सरसफाईका केहि झलकहरु: