गंगा राई-उदयपुर-२०८१-१२ चैत्र १८
नेपाल पत्रकार महासंघ उदयपुर जिल्लाको आयोजनमा जिल्ला प्रसासन कार्यलय उदयपुरमा ज्ञापन पत्र वुझाएको छ। चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहवाट संचारकर्मि माथिको ज्याजति र बिभिन्न मिडिया हाउस माथि भएको आक्रमणको छानविन गरि दोषिलाई कानुनि दायरा ल्याई कडा कार्वाहिको माग गर्दै ज्ञापन पत्र वुझाएको हो।

भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु,कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा,अन्नपुर्ण पोष्ट दैनिकका कार्यलय मा आगजनिको प्रयास,हिमालय टेलिभिजनको सवारी साधन तोडफोड,पत्रकार दिनेश गौतम माथि आक्रमण,फोटो पत्रकार निराज तामाङको क्यामेरा हराउनु जस्ता हिङ्स्रक गतिविधिको घोर भर्तसना गरेको छ।

ज्यान गुमाएका पत्रकारको हत्या वारे गहिरो अनुसन्धानगरी हत्यामा संलग्न सवैलाई फौजदारी अभियोगमा कार्वाहि गरि परिवारलाई उचित क्षतिपुर्तिको जोडदार माग गरेको छ।

संचार माध्यम र संचारकर्मि माथि आक्रमण गर्ने सवैलाई कानुनि कठघरामा ल्याई क्षति पुर्याईएको संचारगृह र संचारकर्मिलाई क्षतिपुर्ति र घाईते पत्रकारको उपचारको प्रवन्ध मिलाउन पत्रकार महासंघले माग गरेको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल ले जानकारी दिनुभएको छ।

एक हप्ताभित्रमा सम्वोधनहुने विस्वसनिय आधार तयार नभए महासंघ सरकारविरुद्व देशव्यापि रुपमा आन्दोलनमा उत्रन वाध्य हुने अध्यक्ष पोखरेल ले वताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय