गंगा राई, पौष २ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. ३ मा रहेको मदरसा तालेमुल इस्लामको प्राङ्गणमा बाल विवाह विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।नेपालको कानुन अनुसार केटा वा केटीको उमेर २० बर्ष नपुगी गरिएको सवैखाले विवाह बाल विवाह हो ।बाल विवाहलाई रोक्नका लागी सचेतना मुलक कार्यक्रमहरु भईरहेको छ ।अझ प्रभाबकारी ढंगले विभिन्न विधालयहरुमा कार्यक्रम गर्दै उदयपुर जिल्लालाई बाल विवाह मुक्त जिल्ला बनाउनु पर्छ भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय उदयपुर मासवेस उदयपुर,महिला शसक्तिकरण श्रोत केन्द्र,WHRD उदयपुरको सहकार्य र ३ न. वडाको सहयोगमा कार्यक्रम भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलय प्रमुख जर्नादन गौतमका अनुसार बाल विवाहले पार्ने असरहरु शिक्षाको अवसरबाट रोकावट, मानशिक र सारिरीक विकासमा कमी,सारिरिक रुपमा परिपक्व नभई गर्भवती हुने, विभिन्न स्वास्थ्य सम्वन्धी समस्या र यौन रोग लाग्न सक्ने सम्भावना मात्र नभएर किशोरीबाट जन्मिएको बच्चाहरु अस्वस्थ हुनु किशोर किशारीहरुले आत्मा हत्या गर्नु,लागु औषधमा फस्नु जस्ता अपराध जन्य क्रियाकलापबाट जोगाउन बाल विवाहको अन्त्य हुनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा प्र.नि.विधालाल साहले प्रस्तुति गर्नु भएको थियो भने मासवेस उदयपुरका अध्यक्ष नजवुल खानले विधार्थीहरुलाई पोशाक र पुस्तक हस्तानन्तरण गर्नु भएको थियो ।वडा अध्यक्ष, समाजसेवी,वुद्धिजिवी,विधार्थी,पत्रकार,शिक्षकहरुको उपस्थितीमा भएको सो कार्यक्रममा मुस्लिम समुदायका विधार्थीहरुले धेरै कुरा सिक्ने मौका मिलेको र आफुहरुले पनि अभियानमा सघाउने प्रतिवद्धता गर्दै खुसी ब्यक्त गरेका थिए ।सभाअध्यक्ष जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख रमेश थापाले उदयपुर जिल्ला भरि कार्यक्रम गर्ने, सुक्ष्म ढङ्गले अध्ययन गरी त्यस्ता खाले अपराधीक गतिविधीलाई जरैबाट निर्मुल पार्न आफु प्रतिवद्ध रहेको साथै जनप्रतिनिधी,संवद्ध संघसस्था,वुद्धिजिवी,भद्रभलादमी,स्थानीयवासी सवैको साथ सहयोग हुनेमा विस्वस्थ रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय