आवरउदयपुर,भदौ १३ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।
आज (बुधबार) बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना दिएका हुन् । उनले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।
बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार खेल प्रदर्शन गर्ने बताए । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।
सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।