२०७८ वैशाख १
हिमाल राई / वराहक्षेत्र सुनसरी

पत्रकारिता आफैंमा चुनौती पूर्ण पेशा त हुँदै हो।
अझ द्वन्द्वकालीन समयका पत्रकार दुई धारी तरबारका धार टेकी हिंड्ने यात्री हुन्,चिप्लिए सकिए।
वि.स.२०५२ साल फागुन १ गते माओवादीले मध्य राति”रोल्पाको होलेरी”प्रहरी चौकीमा आक्रमण गरी देशमा सशस्त्र विद्रोहको थालनी गर्यो।
मुलुकमा जनताले दुई बन्दुकहरुको नोखमा दैनिकी चलाउनु पर्ने वाध्यता थियो।एकातिर राज्यका प्रहरी र सेना अर्का तिर विद्रोही माओवादीको लालसेना।माओवादीले गाउँ, बजार,जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए।
जनअदालत निर्माण-स्थपना गरिरहेका थिए।
एकातिर स्वतन्त्र,तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो।
ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सीमिति थिए।
राज्य र विद्रोही दुवैको नजरमा पर्थे।
समाचारमा प्रकाशित विषय वस्तुलाई लिएर राज्य र विद्रोही दुवैको नजरमा परिन्थ्यो।पत्रकारको मुख्य चुनौती यथार्थ,सन्तुलन,निष्पक्ष हुनुपथ्र्यो।
राज्य-विद्रोही दुवै पक्षलाई जनताले दुहाई दिन्थे।
पत्रकारले पनि जनताकै लागि पत्रकारिता गर्नुपर्थ्यो।
अनि,ज्यादति सास्ती पनि नेपाली जनता खेप्नु परेको थियो।
त्यो समयमा मोफसलमा रहेर विभिन्न सञ्चार माध्यमका दैनिकी,साप्ताहिक पत्रपत्रिका प्रकाशित थिए।
राजधानीबाट प्रकाशित पत्रपत्रिकाको पनि प्रभाव मुलक भरी थियो।
मुलुकमा सशस्त्र द्वन्द्वको सुरुवात पश्चिम नेपालबाट सुरु भएको थियो।
पूर्वी नेपालमा भने सशस्त्र द्वन्द्व घोषणा भएको केही वर्षपछि मात्र प्रभाव देखिएको थियो।
तर भुसको आगो सरी माओवादी आन्दोलनको विस्तार भइरहेकै रहेछ।माओवादी आन्दोलनले राज्यको चरित्र ग्रहण गरिसकेको थियो ।
विद्रोही चरित्र,जनसरकार, जनअदालत,जनकारवाही, जनशिक्षा,लालसेना, कामरेडहरुले गाउँ प्रवेश गरिसकेका थिए।
म चतरा डेटलाइनबाट पत्रकारिता गर्थें।मर्निङ पोष्टमा टिपोट र रिपोर्ट गर्थें
हिमाल राई बाइलाइन थियो। जस्को(सल्लाहकार वरिष्ठ अग्रज पत्रकार दाई हर्ष सुब्बा,प्रधान सम्पादक आनन्द कुमार श्रेष्ठ, सम्पादक/प्रकासक विमल शाक्य,कार्यकारी सम्पादक डम्वर कृष्ण श्रेष्ठ,प्रमुख सम्पादक उपेन्द्र पोखरेल थिए हाल पत्रिका बन्द छ)
समाचारको सम्पूर्ण जिम्मा स्वयम पत्रकारले लिनु पर्थ्यो। अहिले पनि लिनुपर्छ।
तर तत्कालीन समयको परिस्थिति फरक थियो।निश्चित तलब-सुविधा थिएन।बिमा थिएन।कानुनी सहयोग थिएन।मात्र जनताको उत्तरदायित्व र पत्रकार बनिरहने जुनुन थियो।
तत्कालीन शाही सेनाले कथित माओवादी आतङ्ककारीको नाममा ६ जना स्थानीयको हत्या गर्यो।
माओवादीले आफ्नो प्रभाव बढाउन”सुराकी सफाया भाटेकारवाही”लगायतका जनकारवाही चलायो। विकृत समाजलाई सुसंस्कृत बनाउने,शिक्षालाई प्रगतिशील बनाउने अभियानमा तत्कालीन माओवादीले बाटो बिराए। जनचेतनामा भन्दा बढी जनकारवाहीमा जोड दिइए पछि निश्चय नै समाजका केही अराजक-उश्रृखल गतिविधि बन्द भए।
तर माओवादीको नाममा अर्को अराजकता-विकृति मौलाइ रहेको थियो।
नेपाल अधिराज्यमा पहिलो चोटी वराहक्षेत्रमा वि.स.२०५८ सालमा माओवादीहरुको ज्यादतिको विरुद्ध स्थानीय जनताहरु स्वतस्फुर्त प्रतिकारमा उत्रिए पछि माअाेवादीहरु केही समयका लागि विस्थापित भएका थिए।
त्यस समय आजको जस्तो सूचनाको पहुँच सबैमा थिएन।माओवादी विरुद्धको प्रतिकारको समाचार राष्ट्रिय वा मोफसलका छापा माध्यमका पत्रपत्रिका र रेडियोहरूमा प्राथमिकतामा पर्न सकेन।
धरानको छाता चोकबाट प्रकाशित हुने राष्ट्रिय दैनिक मर्निङ पोष्ट पत्रिकामा पहिलो समाचार,फोटो छापिएको थियो।
धरानका विजय श्रेष्ठ (नेपाल टेलिभिजनमा कार्यरत)ले प्रर्तिकारको भिडियो खिच्नु भएको थियो तर त्यो समय नेपाल टेलिभिजले दृष्य-फुटेज समचार प्रसारण गरेन।सत्य,तथ्य, यथार्थ,समाचार लेखेर जनता माझ पुर्याउनु पर्ने आवश्यक्ता थियो।
द्वन्द्वकालीन समयमा ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताको धर्म निर्वाह गर्नु पर्थो गरीरहे।पत्रकारले समाचारका विषयमा कुनै शक्तिहरूसँग सम्झौता गर्नु हुन्न।झुक्न हुन्न।
आफूले लेखेको समाचारमा यस्तो होस् जसको सत्यता, यथार्थता र निष्पक्षताको विषयलाई लिएर एक धर्को पनि फेर्न नपरोस्।आजको आदर्श,मुल्य,मान्यता पनि यही हो।
द्वन्द्वकालीन समयमा पनि मैले वराहक्षेत्रमा वसेर पत्रकारको धर्म निर्भिक्ता साथ निर्भाह गरी रहेर र राज्य-विर्दोही माअोवादी कुनै पनि शक्तिसँग समाचारको विषय वस्तुमा सम्झौता गरीन झुकिन।
पत्रिकाको समाचारमा बाइलाइन आउन मुस्किल पर्थ्यो ।
समाचार हुलाकबाट रजिष्ट्रर गरेर पठाउनु पर्ने बाध्यता थियो।नभए सवारी साधनमा वा आफैं पुगेर दिनुपर्थ्यो।अहिले जस्तो हातहातमा मोबाइल र इन्टरनेट सेवा थिएन।
वराहक्षेत्रको-वयरवन बजारमा एक मात्र फोन ०२५- २१४५५ कवि मान बज्राचार्यको घरमा गा.वि.स.को भि.एच.ए.सेट थियो। गा.वि.स.भरिका मान्छेहरुको फोन गर्ने एउटै मात्र माध्यम टेलिफोन थियो।
जनताहरुको सन्चो बिसन्चो, दुःख, सुखको खबर पाउने छिटो छरितो भरपर्दो फोन थियो।
त्यो समय फोन गर्न ५ देखि ३० मिनेट सम्म पालो कुरेर बस्नु पर्थ्यो।मैले पनि समाचार टिपाउन धेरै चोटि तेही फोनको साहारा लिएको थिएँ।
त्यो फोनको नराम्रो पक्ष पनि थियो।
बोलेको कुरा एफ.एम. टिप्ने रेडियो सेटबाट सजिलै सुन्न सकिन्थ्यो।
बोलेको कुरा रेडियोको मिटर धुमाउँदा सुनिन्थ्यो।अति महत्वपूर्ण कुरा कसैले नगरे हुन्थ्यो।
मैले पत्रिकाको अफिसमा फोनबाट समचार टिपाएको विषयमा विद्रोही माओवादी समूहका कार्यकर्ताबाट धेरै पटक मानसिक यातना भोग्नु परेको थियो। बन्दुक बोकेका विद्रोही माअाेवादी सग आट भरोसा, विचार-कलमले एक्लै लडे।
पत्रकार उपेन्द्र ‌पोखरेल, मनिता चाम्लिङ, लगायत तेती बेलाका समकालीन अग्रज पत्रकार स्थानीय बासिन्दाहरुलाई राम्रो सग थाहा छ।
दन्द्दकालिन समयमा माअोवादी विरुद्ध प्रतिकारको समचार निष्पक्ष रुपमा लेखेको विषयमा माअाेवादीहरुको निशानामा परी रहेको थिए।माओवादी कार्यकर्ताले मलाई चतरा बजारबाट अपहरण गरेर शप्तकोशी नदिमा काठे डुङ्गा चडाएर उदयपुर जिल्लाको मैनामैनी गाउँ(हाल बेलाका नगर पालिका वार्ड नं ८ नया पुल सप्तकोशीमा)पुर्याएर ४ दिनसम्म माधव राईको धरमा राखे।आरोप थियो सुराकी।
अत्यन्तै मानसिक यातनाका बीच माओवादीबाट मुक्त भएँ।तत्कालीन समयमा मलाई कुनै पनि शारीरिक यातना भने दिइएन।
शुभचिन्तक,स्थानीय जनता, पत्रकार, नागरिक समाज,मानव अधिकारवादी संघ संस्था र माओवादी भित्रकै असल आचरण र वैचारिक व्यक्तित्वहरुको सहयोगले म सकुसल अपहरणमूक्त भएँ। मान्छे जिवित छ इतिहास साक्षी रहेको छ।
वराहक्षेत्र वडा नं १ का भाई पत्रकार‌ गोपाल दाहाल र धरानका(म्युजिक भिडियोका क्यामरा मेन)भाई राजिव दाहालहरुले मलाई अपहरण गरेर राखेको स्थानमा सम्म सोध खोज गर्दै पुगेका थिए र अपहरण मुक्त गराउन महत्वपूर्ण भूमिका खेल्नु हुने सवैलाई हृदयवाट आभार-साधुवाद।
तत्कालीन समयमा राज्य वा विद्रोही समूहको अपहरणमा परेपछि बाँचेर घरपरिवारसँग भेट होला भन्ने कल्पना गर्न सकिंदैनथ्यो।अपहरण कब्जामा परेको व्यक्तिहरुलाई विद्रोही समूह र राज्यबाटै बेपत्ता-हत्या हुने घटनाहरु भइरहेको थियो।
राज्य प‌क्षबाट पत्रकार कृष्ण सेन इच्छुक लगायतको अपहरण पछि हत्या गरिएको थियो।
विद्रोही समूहबाट पत्रकार डेकेन्द्र थापा लगायतको अपहरण पछि हत्या गरिएको इतिहास साक्षी छ।
द्वन्द्वपीडितको नाममा राज्यबाट सेवा सुविधा पाएको सुनेको थिएँ।तर मैले त्यसमा दाबी गरिनँ र एक सुको पनि लिइन।
वि.स.२०६३ मंसिर ५ गते सान्ति सम्झौतामा माअाेवादी विद्रोहीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)र तत्कालिन सरकारको प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला विच सान्ति समझौतामा हस्ताक्षर भए पछि ससस्त्र द्वन्द्व अन्त भएको थियो।ससस्त्र द्वन्द्वमा १७ हजार नागरिकहरुले ज्यान गुमाएको र १४ सय वेपत्ता भएका थिए।
राजनीतिक उतार चढावसँगै मुलुकले नयाँ व्यवस्था अंगिकार गर्यो।सशस्त्र युद्ध रुपान्तरण भई जनान्दोलनका रुपमा अघि बढ्यो।
२०६२-६३ पछि ग्रामीण क्षेत्रमा पनि सञ्चार माध्यम, सञ्चारकर्मीहरुको उत्पादन राम्रोसँग भयो। बराहक्षेत्र गा.वि.स.का स्थानीय सचेत युवा पत्रकारहरूको सकृयतामा वि.स.२०६४ वैशाखमा चतराको बोलबम धर्मं शालामा‌ पहिलो चोटी “बराहक्षेत्र” मासिक पत्रिकाको वरिष्ठ पत्रकार सन्जय सन्तोषी राई र जनक ऋषि राईले विमोचन गर्दै सुभारम्भ प्रकासन भएको थियो।जसको सम्पादक गोपाल दाहाल प्रवन्ध सम्पादक म लगाएत अन्य भाईहरुको सहकार्य पत्रिका निस्केको थियो।
पत्रकारिताको एउटा युग र बेलाको निक्र्योल गर्न सकियो।सशस्त्र द्वन्द्व अघिको पत्रकारिता,सशस्त्र द्वन्द्वसँग-सँगैको पत्रकारिता र जनआन्दोलन २०६२-६३ पछिको पत्रकारिता।
यी तीन समय विविध कठिनाइका बीच ग्रामीण ‌क्षेत्रमा रहेर पत्रकारिता गरियो। नेपाल पत्रकार महासंघ सुनसरीको वि.स २०५८ वैसाक १ गते वराहक्षेत्रवाट प्रतिनिधित्व गरेर पहिलो सदस्यता लिएको थिएँ।
क्रम संख्यामा २९ औं स्थानमा मेरो नाम दर्ज थियो।अहिले पनि पत्रकार महासंघ सुनसरीको सदस्यतालाई निरन्तरता दिदै ग्रामीण क्षेत्रमा‌ वसेर सत्य तथ्य यथार्थ कुरामा कलम चलाइ पत्रकारिता धर्म निर्भाह गरीहेको छु।हाल पत्रकार महासंघको क्रमसंख्या २७ मा मेरो नाम दर्ज रहेको छ।
पत्रकार महासंघले गाउँ, सहरमा बसेर पत्रकारिता गर्ने व्यक्तिलाई मुस्किलले समेट्दथ्यो वा समेट्दैनथ्यो।शहरका पत्रकारहरुको नजरमा परे पत्रकार हुने,उनीहरुका गतिविधिमा सहभागी भए पत्रकार हुने अवस्था थियो। अहिले पनि उस्तै छ।
अन्यथा पत्रकार भइँदैनथ्यो।गाउँमा बसेर पत्रकारिता गरेको दिन, हप्ता,महिना,वर्षौहरु बिते पनि गन्तीमा परीदैन्थो।
पत्रकारका नेतृत्वले ग्रामीण क्षेत्रका पत्रकारलाई गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा फरक महसुस हुन्थ्यो।शहर र जिल्लाका धेरै गति विधिमा हाम्रो सहभागिता आवश्यक ठानिंदैनथ्यो।
प्रेस युनियन,प्रेस चौतारी लगायतका पार्टी र विचारबाट प्रभावित पत्रकारका सगठन,संस्था पनि थिए।उनीहरुको अवस्था पनि उस्तै थियो।
पत्रकार महासंघको नेतृत्व यिनै पार्टीका भात्रृ संगठनबाट प्रतिनिधित्व गर्थे र अहिले पनि गर्छन्। जस्को पछिल्लो उदाहरण २०७७ चैत्र २५ गते देश व्यापी रुपमा भएको नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको चुनावलाई लिन सकिन्छ।तिनै तहको निर्वाचनमा प्रेस यूनियन, प्रेस सेन्टर र प्रेस चौतारी लगायत सध,संगठन एक अर्कामा गठवन्धन गरेर चुनाव होमिएका थिए।
पत्रकारको हक हित,अधिकार लागि बोल्ने संस्थाका रुपमा स्थापना भए पनि राजनीतिक पार्टीका भात्रृ संघ,संगठन मात्र थिए।
गाउँमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्ने व्यक्तिहरूको सशक्तीकरण गर्नु त परै जाओस् प्रोत्साहन-हौसेला स्वरुप सम्मान गर्नेहरुको समेत अभाव थियो र छ।
यसरी अभाव,फरक दृष्टिकोणका बीचमा गाउँमा बसेर मैंले पत्रकारिता गरेको थिए।
अब पनि दुःखद, कष्टकरको पत्रकारिता गर्नेु नपरोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको हकहित,पेसागत अधिकार, एकताको लागि आवाज बुलन्द उठाउनु पर्छ भन्ने सोच ममा पलायो।
त्यसका लागि के गर्ने त ? ग्रामीण ‌क्षेत्रमा वसेर पत्रकारिता गर्ने पत्रकार भाईहरुलाई समेटेर सञ्जाल निर्माण गर्ने सोच आयो।
वराहक्षेत्र,भरौल,प्रकाशपुर, झुम्का,पकली,खनार,दुहबी लगायतका ग्रामीण क्षेत्रलाई आफ्नो कार्मथलो बनाई पत्रकारिता गर्ने भाईहरुको एउटै मत थियो ग्रामीण क्षेत्रका लागि पत्रकारको छुट्टै संस्था चाहिन्छ।
यही भावनाअनुसार वि.सं. २०६५ सालमा भरौलको कालाबञ्जारमा मेरै अग्रसरतामा ‘ग्रामीण पत्रकार सञ्जाल’तदर्थ समिति गठन गरि स्थापना भएको हो।
म अध्यक्ष,उपाध्यक्षमा दुर्गा बहादुर बस्नेत,सचिव सन्तोष गुप्ता र अन्य साथि-भाईहरु बाबुराम कार्की,नवराज विष्ट,प्रदीप चौधरी लगायतको तदर्थ समिति निर्माण भयो।
पछि बाबुराम कार्कीको अध्यक्षतामा”ग्रामीण पत्रकार समूह”जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गर्नु भयो र हाल हिरण्य कार्कीले संस्थाको नेतृत्व गरिरहनु भएको छ।
२० वर्ष पछि आँखी झ्यालबाट फर्केर हेर्दा अहीलेको अवस्थामा पनि ग्रामीण क्षेत्रको पत्रकारिताको महत्व उँचो र उस्तै छ।कृषि, पर्यटन र समृद्धिको सपना पूरा गर्न गाउँको पत्रकारितालाई प्रभावकारी बनाउन‌ नेपाल पत्रकार महासंघ लगायत सम्वन्धित सरोकारवाला निकायले महत्वपूर्ण भूमिका खेल्न आवश्यक्ता-जरुरी छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका भित्र सामुदायिक रेडियो १ वटा,२ वटा साप्ताहिक पत्रिका सन्चालन आईरहेको छ।
हालसम्म नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिने भाई बैनीहरुको सख्या १७ रहेको छ र विभिन्न सन्चार माध्यम आवद्ध रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर