हिमाल राई बराहक्षेत्र सुनसरी
वराहक्षेत्र नगरपालिका वडा नं २ का केही वासिन्दा दुषित पानी पिउने वाध्य भएका छन।
ध्यान बहादुर सुनारले भन्नु भयो विहान धारामा पानी भर्दा पानि दुषित(मैला)आएको थाहा पाए पछि गिलासमा पानी भरेर हेर्दा पानी प्रदुषित भएको ठहर गरेर सम्वन्धित सरोकारवाला निकायलाई जानकारी गराए।
वराहक्षेत्र बडा न २ हाटखोलाका स्थानीय वासिन्दाहरुको घरको धारामा दुषित पानी हप्ता दिन देखि आएको सुनाए।
तोरी बारी खानेपानी उपभोक्ता समितिलाई जानकारी गराए पनि समस्याको समाधान अहिले सम्म नभएको वताउदै आफुहरुले दुषित पानी पिउन वाध्य भएको बताए।
तोरी बारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बर सिग्देलले भने पानिको मेन लाईनमा खराबी छैन जमिन मुनिको कुरो हो काहा समस्या भएको हो चाडो भन्दा चाडो समस्या पत्ता लगाई‌ समस्याको समाधन गर्ने वताउदै भने कर्मचारीहरु समस्या पता लगाउन लागि परेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर