हिमाल राई भोजपुर २०७७ फागुन १३
अामचोक गाउँ पालिका वार्ड न १ मा विधुत लाईन भए पनि स्थानिय वासीहरु अध्यारोमा बस्न बाध्य छन।
खैला,दयला,कारा,लाप्चे र सिमान्तुवामा धर धरमा विजुली विस्तार भए पनि रातमा टुकि बालेर बस्नु परेको स्थानीयको चन्द्र राईले बताए।
बुवा खोलामा पानीको सतह धटेपछी एक ठाउँमा बति दिदा अर्को स्थानसम्म टुकि बालेर बस्नु पर्छ।विधुत उत्पादन कमि आए पछि एक ठाउँमा लाइन दिदा अर्को ठाउँमा लोड सेडिङ गर्नु परेको कुरा बुवा खोला २ लधुजल विधुत कर्मचारी मोहन कुमार विष्टले बताएर भने कारा,सिमन्तुवामा दयला,खैला र लाप्चेमामा पालो सिस्टमले विधुतमा दिदा अर्को गाउँका स्थानीय वासिन्दाहरु अध्यारोमा बस्न बाध्य भएका छन। खोलाको पानीलाई पोखरी बनाएर जम्मा गरेर विधुत गृहमा पठाएमा यो समस्या केही मात्रामा सुधार आउन स्थानीय व्यक्तिहरुले बताए।
दिउँसो वति नआउने र रातको समयमा वति आए पनि भोल्टेज कम आउने हुदा
घर घरमा विधुतीय सामाग्री टि.भि भए पनि प्रयोग विहिन अवस्थामा रहेको कुरा तारा देवी राईले बताउदै भनिन:- डिस होममा पैसा हाल्यो दिउसो वति नआउने हुदा टि.भि नहेरे फोकटमा डिस होमलाई पैसा तिर्नु परेको दुखेसो पोखिन।
केन्द्रीय विधुत प्रसारण लाइन विस्तार नभए सम्म यो समस्या रहिरहने कुरा वडा १ का अध्यक्ष डम्बर बहादुर कार्कीले बताए भने सान्ताकु,पानवाक्ला,खाम्ताङर,धिन्ताङ गाउँमा अझैं पनि विधुत विस्तार भएको छैन।
वडा कार्यालय,पन्चकन्या मा.वि. स्वास्थ्य चौकी, अतिरिक्त हुलाक कार्यालय रहेको थियो भने ०७७ कातिक १२ गतेवाट प्रहरी चौकी स्थापना भई सान्ति सुरक्षा प्रदान गरी रहेको छ।
स्थानीय वासिन्दाहरुले केन्द्रीय विधुत लाईनको छिटो जोडन जोडदार माग गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय