आवरउदयपुर,मंसिर २२ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनोट हुनुपर्ने बताएका छन्।

सोमबार बागबजारस्थित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले पार्टीलाई बलियो बनाउने आधार नै प्रतिस्पर्धा रहेको बताएका हुन् ।

पाण्डेले ओलीकै अगुवामा पार्टीको लोकतान्त्रीकरण गरिएको भए पनि अहिले त्यो प्रकृया मास्ने काम भइरहेको बताए।

‘यो लोकतान्त्रिक पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीमा रुपान्तरण गर्ने कोसिस हुँदै छ। यसबाट एमाले जनताको बीचमा साघुँरिने, खुम्चिने अवस्था आउँदै छ । प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनौट हुनुपर्छ। तर पछिल्लो समय यो प्रकृयामा गम्भीर विचलन परेको छ’, उनले भने।

नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको उनले बताए ।

‘एमाले व्यक्तिवादी पार्टीमा रूपान्तर गर्ने कुरा हुँदैछ, यसले पार्टीलाई क्षति गर्दैछ। यसलाई बदल्नुपर्छ। नबदलिए नयाँ पुस्ता पार्टीमा आउँदैन’, उनले भने।

उनले कानुनमा नै पार्टीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था गर्नुपर्ने समेत बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय