हिमाल राई,भोजपुर०७७फागुन१७
उदयपुर जिल्लाको चौडन्डी नगरपालिका र भोजपुरको आमचोक गाउँ पालिकाको सिमानामा रहेको दुधकोशी नदी रानिटारमा मोटरेवल पुल समयमा निर्माण सम्पन्न नहुँदा सवारी साधन वारी-पारी रहिरहेको छ।
दैनिक सयौ यात्रु तथा विरामीहरु झोलुंगे पुल तरेर यात्रा गर्ने बाध्य छन्।
आमचोक गाउँ पालिकाले एम्बुलेन्स खरिद गरेको भएता पनि विरामीहरुलाई दुधकोशीको रानिटार सम्म मात्र सेवा सुविधा दिने गरेको कुरा
आमचोक गाउँ पालिकाको अध्यक्ष असोक राईले जानकारी दिदै भन्नुभयो:-समयमा पुल निर्माण सम्पन्न नहुँदा विरामी तथा यात्रुहरु वर्षा झरीमा पनि भिज्दै झोलुंगे पुल तरेर आ आफनो गन्तव्य स्थल जानु परेको छ।
मोटरेवल पुल नहुँदा गाउ पालिकाले एम्बुलेन्स खरिद गरेको भएता पनि विरामीहरुलाई अस्पताल सम्म पुराउन र सेवा सुविधा दिन नसकेको राईले बताए।
विनोद राईले भने महामहिम राष्ट्रपति विध्या भन्डारी र प्रदेश १ को मुख्य मन्त्री सेरधन राईको गाउँ भएता पनि रानिटारको निर्माणधिन मोटरेवल पुलमा उहाँहरुको नजर पर्न नसके ठहर छ।
“राज्यले निर्माणधिन पुललाई अनुगमान गरी ठेकदारलाई समयमा काम सिध्याउन निर्देशन दिनु पर्ने कुरामा स्थानीय बासिन्दाहरुको जोडदार माग रहेको छ।
रानिटारमा मोटरेवल पुल निर्माण सम्पन भएको भए तराई,पाहाडका वासिन्दा तथा अन्य जोसुकैहरुले सार्वजनिक तथा निजी सवारी साधन प्रयोग गरेर सजिलै आवत जावत गर्न सक्ने थिए विनोद राईको ठहर छ।
रानि टारवाट करीब १६ कि.मि.कच्चि बाटोमा सार्वजनिक सवारी साधन प्रयोग गरेर दुङ्गमना सम्म पुग्न सकिने कुरा दुङ्गमनाका व्यापारी नइन्द्र राईले जानकारी दिदै भने:-
भोजपुर आमचोक गाउँ पालिको वडा नं ९ दुङ्गमना देखि द‌क्षिण पश्चिम भेगका स्थानीय वासीहरुका लागि सार्वजनिक यातायात साधनले वाटो छोटाई दिएको छ।
वासीङ्ग थर्पुका मिलन‌ राई भन्नु भयो :- याहा स्थानीय वासिन्दाहरुका लागि यातायात साधन नहुँदा धरासयी सामना नुन,तेल,खाध्यान्न,तताकपडा अन्य सामाग्री लिन ३ दिनको कष्टकर पैदल यात्रा गरेर सुनसरीको चतरा झर्नु पर्ने वाध्यता रहेको थियो।
रानिटार देखि वासीङ्ग थर्पु ५१ कि.मि. कच्चि धुल्यामे सडकमा सार्वजनिक सवारी साधन प्रयोग गर्दा यात्रुले रु ८००/-तिर्ने गरेको कुरा पन्चकन्या मा.वि.का शिक्षक जय कुमार राईले बताउँदै भन्नु भयो प्रतेक कि.लो.१५ रुपैयाँ ६८ पैसा लिने गरेको बताए।
स्थानीय केही व्यक्तिहरुले रानिटार दुधकोशीमा पलाष्टिकको डर्म‌वाट (फेरि)वनाई सवारी साधनलाई केहि रकम लिएर वारी पारी गराई दिने गरेका छन।
भोजपुरको जोगेपाथर,दिङलापु,दुङ्गमना,पाङचा,बालङखा,सखापु,धोरेटार,यू,पावला,राकेटार,(भिमा चोक)वेछुखा,कोप्चे धिन्ताङ,
बासिखोरा,बैकुठे,कटुन्जे,थिन्दिनखा खोटाङको वोपुङ्ग, डम्बरखु शिवालय,लिकुवा पोखरी, काउले भोजपुरको सदरमुकाम लगाएतको स्थानमा सार्वजनिक तथा निजी सवारी साधन प्रयोग गरेर पुग्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर