हिमाल राई बराहक्षेत्र
सुनसरी २०७७फागुन ९, धनकुटा सहिद भुमि गाउँ पालिकामा किरात धर्म सध नेपाल र खुवालुङ वचाउ अभियन्ताहरुले र सप्तकोशी नदी जल मार्ग निर्माण उपभोक्ता समिति र स्थानीयहरुको व्यापक छलफल त्रिवेणी सम्पन्नभयो।
किरातीहरुको धार्मिक सास्कृतिक एतिहासिक सम्पदा खुवालुङ वचाउ अभियानका अभियन्ताहरुले खवालुङ वचाउन सम्पुर्ण किरातीहरु एक जुट हुनु पर्ने कुरा जोड दिए।
मुन्धुममा परिषदका संयोजक इन्द्र खम्बूले किरातीहरुको प्राय मुन्धुममा खुवालुङको वर्णन आउने गरेको कुरा बताउदै भन्नु भयो “खु”अर्थ नदी “वा” पानी र “लुङ” ढुङ्गा हो। अरुण र तमोर नदीको संगम स्थल नदीको विच रहेको ढुङ्गा नै किरातीहरुको आस्था र धरोहर केन्द्र खुवालुङ हो भन्नुभयो।
अरुण, तमोर र दुध कोसीवाट किरातीहरुको ३ दाजु भाई छुटिएर गएको प्रतेक वर्ष मकर रेखामा सूर्य प्रवेश दिन छुट्टीएर गएका दाजु भाईहरु भेला भइ मकर संक्रान्ति दिन त्रिवेणी भेला भइ पुजा आजा गरी कन्तमुल(वन तरुल)खाने र भेट धाट गर्ने प्रचलन आजसम्म विध्यमान रहिआएको खम्बूले बताए। धार्मिक,एतिहासिक र सास्कृतिक “खुवालुङलाई”किरातीहरु एक जुट भइ संरक्षण गर्नुपर्ने कुरामा जोड दिए।
नेपाल जनजाति महासंघ धनकुटाको अध्यक्ष तथा वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईले भन्नुभयो:- राज्य र नागरिकले विकासको नाममा विनाश गर्नु नहुने र पानि जहाज चलाउने नाममा किरातीहरुको आस्थाको धरोहर केन्द्र खुवालुङलाई (ढुङ्गा) मास्न खोजी रहेको र यसलाई जोगाएर लानुपर्ने र त्रिवेणीलाई किरातीहरुको धार्मिक भुमिको रुपमा प्रचार प्रचार गरेर आन्तरिक बाह्रय पर्यटन प्रवर्द्धनमा गर्नमा सबै एक जुट भएर लाग्नु पर्ने कुरा व्यक्त गरे भने खुवालुङको मान मर्दन भए पछि देवता रिसाएर दुर्घटना भइरहेको धारणा राखे।
सहिद भुमि गाउँ पालिका वार्ड नं १वडा अध्यक्ष असोक राईले भन्नुभयो:-खवालुङ ढुङ्गा कुन हो? यसको वास्तविक कुरा पत्ता लगाएर किरातहरूको धार्मिक अास्थाको धरोहर हो भने समक्षण गर्नु पर्ने धारणा राखे।
सप्तकोशी जल मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विसाल राईले भन्नुभयो:-खुवालुङ तेही ढुङ्गा हो भने “खुवालुङलाई स्थान्तरण गरी सवैले पुज्न ढोग्न मिल्ने गरी बाधा व्यवधानलाई पन्छाएर मन्दिर वनाउनु पर्ने बताए भने खुवालुङको छिनोफानो चाडै गर्न आग्रह गरे।
बेलका नगर पालिका वार्ड ७का बडा अध्यक्ष सुरेन्द्र राईले भन्नुभयो:-भावनामा वहेर कुरा गर्नु भन्दा वास्तविक यथार्थ कुराको पछि लाग्नु पर्ने बताए भने स्थानिय सरकार,जल यातायात, सरोकारवाला निकायहरु मिलेर मध्ये मार्गिको वाटो रोजेर अगाडि वडनु पर्ने कुरामा जोड दिए।
मेरीन एण्ड रिसोर्ट सञ्चालन नविन पौडेलले भन्नु भयो जल यातायात दुर्गम क्षेत्रका बासिन्दाहरुलाई छिटो र छरितो भरपर्दो माध्यम बनेको र सुत्केरी व्याथा लागेको महिला, विरामी अन्य यात्रुहरुलाई आवतजावत सहजता र सुविधा भएको कुरा व्यक्त गरे।
किरात याक्थुङ चुम्लुङ प्रदेश सदस्य चन्द्र सिंह नेम्वाङ,किरात याम्फु समाज केन्द्रिय सचिव सुरेस याम्फु,किरात छुमा सस्थापक अध्यक्ष,खुवालुङ वचाउ अभियन्ताका सदस्य लिला मणि जिमी याखा किरात धर्म सध नेपाल कि सचिव दिला राई र स्थानिय बुद्धिजीवी भद्रभलादमी भानु राई, कृष्ण राई लगायतले अन्यले व्यक्तिहरुले आफ आफ्नो धारणा राखेका थिए।
किरातीहरुको धार्मिक सास्कृतिक एतिहासिक केन्द्र खुवालुङलाई जलयातायत चलाउने नाममा मास्न अाटेको भन्दै किरात धर्म सध नेपाल,खुवालुङ वचाउ, किरात राई यायोक्खा,किरात याक्थुम चुम्लुङ,किरात याम्फु समाज,किरात याखा छुमा लगाएत धार्मिक सस्थाले प्रदेश सरकारको मुख्य मन्त्री सेरधन राई लगायत अन्य सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउदै ध्यान आकर्षण गरेका छन्।