सुजना राई ,वैसाख २०
उदयपुर जिल्ला संघिय निर्वाचन क्षेत्र न.२ का माननीय सुरेश कुमार राई (हिमाल)कोरोना का कारण स्वास प्रस्वासमा समस्या आएपछी ललितपुरस्थित सुमेरु अस्पताल आइसियु (ICU)मा भर्ना भएकाछन।केही दिन आगाडी कोरोना जाँच गर्दा पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेका राईले तीन दिन अगाडि आफ्नो फेसबुक वालमा आफूलाई कोरोना(कोभिड १९)भएको र सघन उपचारमा रहने साथै सम्पर्कको लागि असमर्थ भए क्षमा चाहन्छु भनेर पोस्ट गरेका थिए।
दुई दिन अगाडि मात्र आफूलाई फोनमा दोहोरो कुरा गर्न नसकिरहेको सामाजिक सन्जालमा पोस्ट गर्दै कोरोनालाई मजाक नगर्न समेत आग्रह गरेक छन्।जनताको घरदैलोमा काम गर्न तल्लिन रहेको राई दुई हप्ता अगाडि आफ्नो बुवाको मृत्यु संस्कारको लागि आफ्नो गृह जिल्ला उदयपुर आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर