आवरउदयपुर, जेठ २७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा चुनाव जित्ने देखेपछि अनय दलहरु घेराबन्दीमा लागेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनलेृ रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए।

‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ,’ उनले भने, ‘तर सम्पूर्ण दलहरूले यो बाटोमा घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ ।’

सभापति लामिछानेले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ ।

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय