तुलसी निरौला, झापा।
झापामा पछिल्लो समय काेराेना संक्रमणकाे दर बढिरहेकाे बेला झापा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाका कोराेना संक्रमित विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि पुर्‍याउन थालेका छन्।

काेराेनाकाे महामारीबाट आफ्नो नगरका नागरिकलाई बचाउने उदेश्य लिएर कोराेना संक्रमित विरामीहरुको घरघरमा चिकित्सक ,आवश्यक अक्सिजन र औषधि पुर्‍याउन थालेकाे उनले बताए।
उनले कनकाई नगरपालिकाका काेराेना संक्रमित तीन परिवारका लागि अत्यावश्यक पर्ने अक्सिजन पुर्याउनुका साथै नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरीएको बताइएको छ।

कन्काई नगरपालिकाले कोभिडका विरामीलाई लक्षित गरेर २० बेडको आइसाेलेशन वार्ड संचालनमा ल्याएको बताउँदै उनले जनलाई नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइसाेलेशन वार्डमा ल्याइने र त्यहाँपनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुकै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको जानकारी दिए।
कनकाई नगरपालिकाले निशुल्क एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको उनले बताए।
कनकाई नगरपालिकाका कोरोना संक्रम‌ितहरुका लागि कनकाई नगर अस्पतालमा कार्यरत डाक्टर अभिषेक नायकले २४ सै घण्टा टेलिफोन र विरामीसग प्रत्यक्ष भेटगरेरै आवश्यक परामर्श र चिकित्सकीय सेवा प्रदान गर्न शुरू गरिएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताए।
हाल २० जना विरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको र आवश्यक पर्दा थप गर्दै जाने अधिकारीले बताए । कोरोनाका विरामीहरुको उपचारका लागि२४ सै घण्टा सेवा दिनेगरि विशेष स्वास्थ्य उद्धार टिमको समेत जनलाई नगरपालिकाले तयार गरिसकेको उनले बताए।

कोरोनाका कारण थलिएको वेलामा जनलाई नगरपालिका प्रमुख पाेखरेल आफै औषधि र अक्सिजन लिएर घरमा आइपुगेपछि कनकाईका कोरोना संक्रमितले खुशी व्यक्त गरेका छन्।
डाक्टर र अक्सिजनसहित आएका नगरप्रमुख पाेखरेलले थप समस्या हुदा सम्पर्क गर्नुपर्ने नम्बर समेत दिएर आफूहरुलाई ठूलो गुन लगाएको बताउँदै उनिहरुले नगरप्रमुख पाेखरेलकाे व्यावहारले थप बल पुगेको बताएका छन्। तस्बिर-आमसन्चार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय