तुलसि निरौला, झापा
।झापा मेचीनगर—११ धाइजनका व्यवसायी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठको अवसरमा झापा मेचीनगरका १५ विपन्न परिवारकाे स्वास्थ्य बिमा गरिदिएका छन्।
बिवाह बर्षगाठकाे अवसर पारेर मेचीनगर नगरपालिकाका पन्ध्र वटै वडाबाट एक/एक गरी विपन्न आर्थिक अवस्था न्यून भएका तथा आय आम्दानीको स्रोत केही नभएको १५ परिवारको स्वास्थ्य बीमा गरिदिएको चिमरियाले बताए ।
चिमरिया दम्पतिले मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई १५ घरपरिवार को स्वास्थ्य बीमा वापत लाग्ने रकम ५२ हजार ५ सय रुपैयाँ प्रदान गरेर उनीहरुकाे स्वास्थ्य बिमा गरिदिएको बताए ।
व्यवसायी चिमरियाले मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखासँग सम्झौता गरी मेचीनगर नगरपालिकाको १५ वटै वडाबाट अति विपन्न र आर्थिक अवस्था कमजोर भएका घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिएको बताए ।
रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले
स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारको पहिचान गर्न प्रत्येक वडामा पुगेर वडाध्यक्षसँगको समन्वयमा छनोट गरिने बताए ।
उनले आगामी कात्तिक १६ गते पर्ने आफ्नो जन्मदिनको अवसरमा पनि १५ घरपरिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् ।
२०६१ सालमा झापा सुरुंगा निवासी गौरा मैनालीसँग विवाह गरेका व्यवसायी चिमरियाले हरेक वर्ष बैशाख २७ गते बिवाह बर्षगाठ र आफ्नो जन्मदिन कात्तिक १६ गते कहिले गरिबको घरमा छाना लगाइदिने त कहिले खाद्य सामग्री घरैमा पुगेर वितरण गर्ने गरेका छन् ।
गतवर्ष उनले मेचीनगरको क्वारेन्टिनमा बसेका मानिस तथा बिरामीका निम्ति दैनिक निःशुल्क दुई तीन महिनासम्म दूध उपलब्ध गराएका थिए।
मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ,मेचीनगर नगर स्वास्थ्य शाखा संयोजक रामनारायण यादव , मेचीनगर नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष नविन वराल, ११ का वडाध्यक्ष नरेन्द्र धिमाललगायतले व्यवसायी चिमरियाले गरेको कार्यको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर