देशका विभिन्न स्थान मा पानी पर्ने र हावाहुरीको पूर्वानुमान
चैत्र २७, देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज तराईका भूभागमा हावाहुरीको सम्भावना छ ।

हाल देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र तराई भूभागमा आंशिक बादल लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहीबार राति मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।

शुक्रबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । “कोसी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ,

विभागका अनुसार, राति कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी पहाडी, हिमाली र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर