हिमाल राई/बराहक्षेत्र
बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आज सोमबार भएको खेलमा आयोजक हाटखोला फुटबल क्लबले पन्चायन फुटबल क्लबलाई हराउदै बिजयी भएको छ ।
पन्चायन फूटबल क्लबलाई ० विरुद्ध १ गोल ले हराउदै आयोजक हाटखोला फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।
मध्यन्तर अगाडि दुवै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि गोल गर्न दुवै टिम चुकेका थिए।
खेल बराबरीमा टुङ्गिएको थियो।
आयोजक हाटखोला फुटबल क्लब खेलाडी जर्सी नं ९ का विपिन मगरले मध्यान्तरको २० औ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
आयोजक हाटखोला फुटबल क्लबका विपिन मगरको गोल नै जितको लागि निर्णायक गोल सावित भएको थियो।
आजको खेलको म्यान अफ म्याच आयोजक फुटबल क्लब खेलाडी अमन धिसिङ भएका थिए उनलाई हिमालयन बोडिङ्ग स्कुल प्रध्यानाध्यापक आलोक श्रेष्ठले नगर रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए।
प्रथम पुरस्कार राशि नगद रुपैयाँ ५१ हजार रुपैयाँ चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार नगद रुपैयाँ ३१ हजार रुपैयाँ आदर्श सामुदायिक वन उपभोक्ता समिती बराहक्षेत्र वडा नं २ ले प्रायोजन गरेको कुरा हाटखोला फुटबल क्लब अध्यक्ष विकास सुनुवार जानकारी दिए।
वराहक्षेत्र वडा नं २ हाटखोला निवासी हाल हङकङ बसोबास गर्ने मज्जाको राई (नाम्गेल)ले प्रतेक खेलमा पहिलो गोल गर्ने खेलाडीलाई नगद रु १ हजार रुपैयाँ तथा ट्रफी प्रायोजन गरेका हुन्।
खेल अवधिभर प्राथमिक स्वास्थ्य केन्द्र चतराका स्वास्थ्यकर्मीहरुले धाइते खेलाडीहरुलाई खेल मैदानमा प्राथमिक उपचारको सेवा सुविधा दिई रहेका छन्।
भोलिको खेल:-
पटनालि फुटबल क्लब धरान तथा ग्रिन कल्चर फुटबल क्लब चक्रधटी विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी दिए।