आवरउदयपुर,अशोज २४ ।
उदयपुर जिल्ला साइक्लिङ संघको आयोजनामा अयोज २५ गते शनिबार बिहान ७ बजे चप्पनको फिल्डबाट साइक्लिङ प्रतियोगिता हुने भएको छ।
“प्रथम त्रियुगा नगरपालिका उपप्रमुख उदयपुर XCO-Race 4–18” नामक प्रतियोगितामा १५ किलोमिटर दूरी समेटिएको छ। प्रतियोगिताका विजेताले आकर्षक नगदसहित पदक प्राप्त गर्नेछन्।
संघका अध्यक्ष माधव वानियाका अनुसार प्रथम हुनेले रु. ११,१११ र पदक, दोस्रोले रु. ७,५५५ र पदक, तेस्रोले रु. ५,५५५ र पदक, चौथोले रु. ३,५५५, पाँचौंले रु. १,५५५ र छैटौं स्थान हासिल गर्नेले रु. ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यो प्रतियोगिता त्रियुगा नगरपालिकाको सहयोगमा सम्पन्न हुने भएको हो। उपप्रमुख लक्षित कार्यक्रमअन्तर्गत आयोजना हुने यो प्रतिस्पर्धाबारे नगर उपमेयर महेश्वरी राईले यस प्रकारका गतिविधिले स्थानीय युवापुस्तामात्र होइन, महिला र बौद्धिक वर्गसम्म सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले दिगो र प्रभावकारी हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिनुभयो।
कार्यक्रम निर्धारित समयमा नै सुरुहुने आयोजकले जनाएको छ।






