आवरउदयपुर, २०८२ भदौ १८
उदयपुर । जिल्ला अस्पताल उदयपुरसँग अस्पतालमा भएका गतिविधि, आय–व्यय र उपकरण खरिद प्रक्रियासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न माग गरिएको छ।

सूचना ऐन २०६४ बमोजिम गाईघाटका सचेत युवाहरूले दिएको निवेदनमार्फत कर्मचारीहरूको विवरण, पाँच वर्षभन्दा बढी सेवा गरेका कर्मचारीको सूची, Geneqeo, Sysmex, Erba, Snibe लगायतका मेसिन खरिद, प्रयोग र लागत प्रतिवेदन, Biopsy परीक्षण संख्या, Oxygen Plant तथा आम्दानी–खर्चको प्रतिवेदन उपलब्ध गराउन माग गरिएको हो।

युवाहरूले ल्याबमा भइरहेको बेथिति, रिएजेन्टमा कमिसनको चलखेलका कारण काम गर्ने अवस्थामा रहेका मेसिनलाई थन्काएर नयाँ महँगो मेसिन Metis CM 1000 खरिद गरिएको आरोप समेत लगाएका छन्। उनीहरूको भनाइमा Genegeo, Maccura F560, Sysmex XN-350, Erba XL 200, Snibe 240 Plus, Lifotronic CL 8000, Snibe 800 लगायतका मेसिनहरू सञ्चालनमा भए पनि अनावश्यक रूपमा नयाँ खरिद गरिएको हो। “सूचना नदिएको र कारबाही नगरेको कारण हामीले जानकारी मागेका हौं, सुचना पाएको खण्डमा अर्को निकायमा उजुरी गर्नेछौं,” सुमन कोइरालाले बताए।

त्यस्तै, अस्पतालसँग प्रादेशिक ल्याबसँग Biopsy सेवाका लागि सम्झौता भए पनि कर्मचारीहरूले निजी ल्याबमा पठाएर बढी शुल्क असुल्ने गरेको आशंका युवाहरूले व्यक्त गरेका छन्। “अस्पताल प्रशासन मौन बस्नु व्यापक भ्रष्टाचारको संकेत हो,” उनीहरूको भनाइ छ।

अस्पतालमा केही कर्मचारी १६ वर्षदेखि निरन्तर कार्यरत रहे पनि सुधार भन्दा व्यक्तिगत स्वार्थ र राजनीतिक गतिविधिमा सक्रिय भएको भन्दै युवाहरूले कर्मचारीहरूको विवरण समेत माग गरेका छन्। “अस्पताललाई राजनीतिक अखाडा बनाइएको छ, त्यसैले कर्मचारी विवरण मागेका हौं,” अमित भगतले बताए।

निवेदन बुझाएपछि अस्पताल व्यवस्थापन समितिका संयोजक नरेन्द्र थापाले छानबिन समिति बनाएर प्रतिवेदन तयार गरे पनि हालसम्म सार्वजनिक नगरिएको भन्दै युवाहरूले असन्तुष्टि जनाएका छन्। “सत्य–तथ्य बाहिर नआउन्जेल नछोड्नेछौं,” राहुल यादवले चेतावनी दिए।

“जिल्ला अस्पतालको गैरजिम्मेवार व्यवहार तत्काल सच्चिनुपर्छ,” ईश्वरमान राईले भने।

सेवालिन जाँदा कर्चारीको घरवार बेचेर व्यक्तिगत लगानिमा उपचार गर्नुपर्ने जसरी गरिने व्यावहारले विरामिलाई झनै समस्या परेको सुरज शाहले वताए।

सार्वजनिक संस्थामा पारदर्शिता कायम गर्न माग भएपनि समयमा जानकारी नदिईने गुनासो सर्वसाधारणले गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय