
उदयपुर — २०८२ साउन ३० उदयपुरगढी गाउँपालिका–७ को आयोजनामा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख प्रेम प्रसाद लुईटेलको नेतृत्वमा मदन भण्डारी राजमार्गको अधेरी खण्डमा बढ्दो सडक दुर्घटना रोकथामका उपायबारे स्थलगत अनुगमन गरिएको छ। अधेरी खोलादेखि जोगीटोलसम्मको ३ किलोमिटर क्षेत्रमा संभावित जोखिम स्थानको अवलोकन गरी दुर्घटना न्यूनीकरणका कार्य योजना तय गरिएको हो।
अनुगमनमा जिल्ला समन्वय प्रमुख गौरबहादुर विस्वकर्मा, प्रदेश १ की उपसभामुख सिर्जना दनुवार, संघीय संसद सदस्य अमर रायमाझी, प्रदेश १ संसद सदस्य नारायण बुर्जा, गाईघाट–दिक्तेल सडक विभाग प्रमुख पशुपति ज्ञवाली, वन कार्यालय प्रमुख रमाशिस शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख हरिनाथ योगी, नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य एविराज राई, एमाले नेता गोपाल खत्री, नेकपा एमाले प्रदेश सदस्य देवराज राई, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, उदयपुरगढी प्रशासनिक अधिकृत भक्तबहादुर राई, वडा नं. ६ का अध्यक्ष कृष्ण खत्री, वडा नं. ८ का अध्यक्ष थिरबहादुर राउत, रौतामाई गाउँपालिका–७ का अध्यक्ष मनोज रानामगर, जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख सहि प्रविन कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा, बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो।
जिल्ला प्रशासन प्रमुख लुईटेलले पैदलयात्रु तथा गाई–वाख्रा आवागमनका लागि वैकल्पिक बाटो तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
निर्णय र रोकथामका प्रमुख उपायहरू
• नेपालटार बजारदेखि संगमचोकसम्म टाइमकार्ड प्रणाली लागू गर्ने
• दुर्घटनाप्रवण क्षेत्रमा “रोकेर जानुहोस्” बोर्ड राख्ने
• ब्रेक परीक्षण गर्न सकिने स्थान र पानी खाने ठाउँ निर्माण गर्ने
• “दुर्घटना क्षेत्र” भन्दै जनचेतना कार्यक्रम सञ्चालन गर्ने
कार्यक्रममा आजकै बैठकका निर्णयहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन प्रमुख लुईटेललाई ज्ञापनपत्र बुझाइएको छ।
कार्यक्रमको सञ्चालन वडा नं. ७ का अध्यक्ष भुवन केप्छाकि मगरले गरेका थिए।