आवरउदपुर,चैत्र १५ ।
मोरङ जिल्लामा किरात बायुङ राई सिम्निखिमको कार्य समिती गठन भएको छ । मनिहर्क बायुङ सेचोचा राईको अध्यक्षतामा ९ सदस्यीय र ३ सल्लाहकार समितीमा लेटाङ र वेलवारी दल कार्य समिती गठन भएको हो ।
अध्यक्षमा मनिहर्क बायुङ सेचोचा राई,उपाध्यक्षमा पदम लाल बायुङ पिपाचा राई, सचीवमा चन्द्रमान बायुङ पिपाचा राई, सहसचिवमा लक्ष्मण बायुङ खारायुल्चा राई, कोषअध्यक्षमा आशा बायुङ पिपाचा राई र सदस्यहरुमा निर्मला वायुङ नाम्वेर्साचा राई, प्रविन पिपाचा वायुङ राई, समिर वायुङ रिनाम्र्साचा राई र सुनिता वायुङ पियाचा राई रहेका छन् । त्यसै गरी वृध्वज वायुङ खारायुल्चा राई, शुक्र वहादुर वायुङ पिपचा राई र विरवल वायुङ पिपाचा राई सहल्लाकारका रुपमा रहेका छन् ।
जिल्लामा अध्ययक्ष वीर वहादुर बायुङ युन्वुचा राई र सदस्य रहरमान बायुङ पियाचा राईको संयोजकत्वमा नयाँ दल गठन गरिएको हो । उक्त कार्यक्रममा संस्थाको केन्द्रिय अध्यक्ष ज्ञान वायुङ सेचोचा राई ,सुनसरी जिल्ला अध्यक्ष चन्द्र वायुङ थाम्रो राई, उपाध्यक्ष आइती वायुङ रिताम्साचा राई , सुरसरी जिल्लाको इटहरी तरहरा दल कार्य समितीको अध्यक्ष शुक्र वायुङ रिनाम्साचा राई र सचिव फागूधन बायुङ रिनाम्साचा राईको आतिथ्यमा कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको हो । साथै ङप्सी लव खोजी गर्ने काम निरन्तर गर्ने र वायुङ राई भित्र रहेको अलिखित तुम्लो यालोहरुको संरक्षक गर्ने उद््देश्यलाई साकार गर्ने वारेमा वृहत छलफल भएको छ । जो–जो बायुङ राईवाट चैटिएर सुचीकरणमा गएको छन् । उनीहरुलाई पनि शिक्षित दिक्षित गरेर बायुङ राई समुदायको मुलधारमा ल्याउनु अनिवार्य भएको निष्कर्ष आएको छ ।






