आवरउदयपुर,पौष १८ ।
नगरपालिका प्रमुख कालुमान लामाले नगरवासिहरुको अवस्था र आवस्यकता लाई मध्यनजर गर्दै प्रभावकारी कार्यहरु गर्दै आएका छन्।
चौदण्डिगढी नगरपालिकाले विगत ३ वर्षदेखि तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गरिब तथा विपन्न परिवारका करिब ७,००० जना नागरिकलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गरिसकेको छ।
नगरपालिकाको निरन्तर पहल, जनस्वास्थ्यप्रतिको प्रतिबद्धता तथा अनुरोधलाई सम्मान गर्दै विश्वप्रसिद्ध आँखा चिकित्सक प्रोफेसर डा. सन्दुक रुइत यही पौष २७ देखि ३० गतेसम्म चौदण्डिगढी नगरपालिकामा उपस्थित हुने भएको छ।
नगरको ६ नम्वर वडामा पर्ने कोभिड अस्पतालमा बिहान ८ बजेदेखि सेवा सुचारुहुने नगर प्रमुख लामाले वताए।
उक्त अवधिमा उदयपुर जिल्लाभरिका आँखासम्बन्धी समस्या भएका नागरिकहरू, विशेषगरी चौदण्डिगढी नगरवासीहरूलाई निःशुल्क आँखा जाँच तथा उपचार सेवा लिन नगरपालिकाले हार्दिक अनुरोध गरेको छ।
नगरवासीको मुहारमा मुस्कान ल्याउने लक्ष्यसहित जनहितका कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएका नगर प्रमुख कालुमान लामाले “कोही पनि नागरिक सेवा लिनबाट वञ्चित नहोस्” भनी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन्।यस कार्यक्रम वाट सन्तोषजनक तथा ऐतिहासिक उपलब्धिको रूपमा मूल्याङ्कन गरेको लामाको भनाई छ।
उक्त कार्यक्रम चौदण्डिगढी नगरपालिका–४ का वडाध्यक्ष लुङ्गाराज राईको समन्वय र सम्पर्कमा सञ्चालन हुनेछ।






