आवरउदयपुर,माघ १२ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय