२०,२०८३ बुधबार ११:२५ पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई परम्परागत कूटनीतिभन्दा माथि उठेर ‘विकास कूटनीति’ को जगमा अघि बढाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। भारतीय प्रतिष्ठित पत्रिका हिन्दुस्तान टाइम्स मा एक लेख प्रकाशित गर्दै उनले दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन निम्न ८ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्:
प्रस्तावित ८ बुँदे सहकार्यका आधारहरू
१. सीमा विवादमा संवाद: लामो समयदेखि थाती रहेको सीमासम्बन्धी विषयलाई उच्चस्तरीय संवाद र कूटनीतिक माध्यमबाट सम्मानजनक ढंगले समाधान गर्ने।
२. रक्सौल-काठमाडौं रेलमार्ग: दुई देशको कनेक्टिभिटीलाई सुदृढ बनाउन बहुप्रतीक्षित रक्सौल-काठमाडौं रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिने।
३. हवाई सञ्जाल विस्तार: पोखरा र लुम्बिनी जस्ता पर्यटकीय हबहरूबाट भारतका प्रमुख सहरहरूसँग सीधा हवाई उडान सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्ने।
४. डिजिटल करिडोर: सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्दै काठमाडौं र बेङ्गलुरुलाई जोड्ने गरी ‘डिजिटल करिडोर’ स्थापना गर्ने।
५. शिक्षा र स्वास्थ्यमा पहुँच: भारतका उत्कृष्ट शैक्षिक तथा स्वास्थ्य संस्थाहरूको शाखा वा सेवा नेपालमा विस्तार गरी नेपाली नागरिकको पहुँच सहज बनाउने।
६. सीमा क्षेत्रमा मल कारखाना: नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन भारतको सहकार्यमा नेपाल-भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्ने।
७. ऊर्जा बजार एकीकरण: जलविद्युत् उत्पादन र वितरणमा सहकार्य गर्दै दुई देशको ऊर्जा बजारलाई एकीकृत गर्ने।
८. खेलकुद सहकार्य: इन्डियन प्रिमियर लिगमा नेपाली खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने तथा नेपालमा निर्माण गरिने क्रिकेट रंगशालाहरूमा भारतसँगको सहकार्यलाई प्राथमिकता दिने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय