उदयपुरमा मगर समुदायको नेतृत्व विकासका लागि दुई दिने प्रशिक्षण सम्पन्न
उदयपुर तिजा, “मगरात सभ्यता सहितको समृद्ध मगर समाज” भन्ने मूल नाराका साथ मगर समुदायको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति, उदयपुरको आयोजनामा २०८३ वैशाख २० र २१ गते त्रियुगा नगरपालिका–४ स्थित मगर जातीय संग्रहालयमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, नेपाल मगर संघका सह-अध्यक्ष गंगा बहादुर थापा मगर, वरिष्ठ समाजशास्त्री बल बहादुर घर्ती मगर तथा मगर अभियन्ता सञ्जोग लाफा मगर ले प्रशिक्षकको रूपमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणमा नेतृत्व विकास, संगठन सुदृढीकरण, समुदाय सशक्तिकरण तथा मगर पहिचान र सभ्यताको संरक्षणका विषयमा केन्द्रित अभिमुखीकरण गरिएको थियो।सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै अनुभव आदान-प्रदान गरेका थिए।
कार्यक्रमले मगर समुदायभित्र सक्षम नेतृत्व उत्पादन गर्न, सामाजिक एकता मजबुत बनाउन तथा मगरात सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास आयोजकले लिएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले प्रशिक्षकहरू, सहभागीहरू तथा सहयोगी सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय