आवरउदयपुर,मंसिर १ ।
“साकेला सिलि प्रशिक्षण हाम्रो आव्हान, जोगाऔँ आफ्नो संस्कृति र पहिचान” भन्ने मूल नारासहित उदयपुरको वेलका नगरपालिका ७, मैनामैनीमा निशुल्क साकेला शिलि (नृत्य) प्रशिक्षण सञ्चालन हुने भएको छ। किराती समुदायको महान पर्व उधौलीको अवसर पारेर मंसिर १ गतेदेखि १८ गतेसम्म दक्ष तथा अनुभवी शिलीमाङ्पाहरूको मार्गदर्शनमा प्रशिक्षण सञ्चालन हुने आयोजकले जनाएका छन्।
कार्यक्रमका प्रायोजक जलन किरातीका अनुसार मंसिर १९ गते शिलि प्रदर्शन तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिसहित प्रशिक्षण समापन हुनेछ। सामाजिक अभियन्ता निना महाङ राई र जालन राईको सक्रियतामा आयोजना गरिएको कार्यक्रममा किराती संस्कार–संस्कृति जगेर्ना गर्ने लक्ष्य राखिएको छ।
भौगोलिक विविधता समेट्दै कार्यक्रम चार स्थानमा सञ्चालन हुनेछ। मुख्य प्रशिक्षण केन्द्र मुलगाउँस्थित श्री मैनामैनी माध्यमिक विद्यालय रहने निनाम हाङ राईले जानकारी दिए।
प्रशिक्षण सेड्युल:१-श्री शारदा नि.मा.वि, बिलिम्ला – १२:३०-१:४५ (२)श्री लालिगुँरास प्रा.वि – २:००-३:३०(३)श्री जनता मा.वि, कान्चिराङ –४:००-५:१५ (४)श्री मैनामैनी मा.वि (मुलगाउँ) – ५:३०–७:४५ सम्महुने जानकारी दिएका छन्।
स्थानीय युवा तथा समुदायलाई मौलिक संस्कृति सिक्न, बुझ्न र अभ्यास गर्न प्रेरित गर्ने गरी प्रशिक्षण सञ्चालन गरिँदैछ। कार्यक्रमले साकेला शिलिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ।
यस प्रशिक्षण कार्यक्रमका प्रायोजक द्वय निनाम हाङ् राई समाजसेवी हुन् भने जलन राई स्वास्थ्यकर्मि हुन्।






