धनलाल राई-उदयपुर २०८१ चैत्र १७
नेपाल पत्रकार महासंघ उदयपुरको आयोजनामा पहिलो दिन विरोधसभा र आज दोश्रो दिन कालो पट्टि वाधेर विरोध जनाएका छन्।

पत्रकारको हत्या र आम संचार माध्यममाथिको ज्याजतीका विरुद्व विरोध जनाएका हुन्।

चैत्र १५ गते काठमाण्डौंमा रिपोर्टिङको क्रममा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक को मृत्यु भएपछि देशैभरी तरङ्ग पैदाभएको छ।

रजकलाई तिनकुनेको एक भवनमा ज्युदै जलाईएको घटनाप्रति घोर भर्त्सना गर्दै यस घटनाको जिम्मेवारलाई कारवाही गर्न जोडदार माग गरेको छ।

पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्छ,सुचनालाई कुण्ठित पार्ने र पत्रकार माथिको ज्याजति सह्य नभएको नेपाल पत्रकार महासंघ अध्यक्ष भक्तिविलास पोखरेल ले वताउनु भयो।

पोखरेलका अनुसार उचित छानविन नभए सम्म यो आन्दोलन जारी रहने जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय