आवरउदयपुर,चैत्र १७ ।
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र बुझाउन पठाएको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।
आइतबार बिहान निर्मल निवास पुगेको महानगरको टोलीलाई प्रहरीले पूर्वराजासँग सम्बन्धित विषय नभएको भन्दै गेटबाटै फर्काएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘विभिन्न शीर्षकमा’ जरिवाना गर्ने निर्णय गरेको थियो ।
शुक्रबार राजावादीहरूले राजधानीमा गरेको आन्दोलनमा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण प्रदूषण लगायतका शीर्षकमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गरेको जनाएको छ ।






