विराटनगर,

ताप्लेजुंगको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ ।आगलागी वस्तीमा पुगी प्रदेश १ मुख्यमन्त्री माननीय शेरधन राइले पिडित परिवारलाइ राहत सामाग्री पुराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ |
आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद
उपलब्ध गराउने मुख्यमर्न्त्र राईले दोभानबस्तीमा पुगेर बताउनु भएको हो । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद
उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिनुभयो|आगलागी पिडितहरुको अवस्था र घटनास्थल मा पुगेका मुख्यमन्त्री राइले पिडितहरुको माग अनुसार
ग्यास सिलिन्डर, चामल, प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिनु भयो । मुख्यमन्त्री राईले संघीय
सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताउनु भयो । प्रदेश सरकारका तर्फबाट पिडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुनतेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री म७३घढसख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गर्नुभयो|आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ । मुख्यमंत्रि राईका साथमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत क७३घढसमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आन्ग्बुहांग, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय