उदयपुर,२०७७ फागुन २२
उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाकाे त्रियुगा नगरपालिका–११ का कस्ने प्रमिला सहनीको पसलबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ परेकाे हाे ।

प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको छ भन्ने विषेश सुचनाको आधारमा खटेको प्रहरीले सिराहा जिल्लाको लहान नगरपालिका–१७ घर भई हाल त्रिनपा–११ बस्ने ५५ वर्षीय राजकुमारी सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनीलाई चार सय ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) भिम बहादुर दाहालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय