आवरउदयपुर,असार ७। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ ।

कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय