
सुनसरी २०७७फागुन १५
प्रेस संगठन नेपाल प्रदेश १ को दोस्रो भेला प्रेस संगठन नेपाल केन्द्रिय इन्चार्ज योगेश भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
प्रेस संगठन को लक्ष समाजवाद बहुदलीय प्रतिस्पर्धा सहित सामाजिक न्याया सहित को समाजवाद र सिमान्तकृत,अल्पसंख्यक ,आदिवासी जनजाती,दलित लगाएत विभिन्न जातिय बिभेदको अन्त्य गर्ने आवाजहरु वुलन्द पार्ने र यस्ता गतिविधि को जरै बाट उखेल्न कलम चलाउने भट्टराई ले जानकारी दिनुभयो।
भट्टराईका अनुसार आफुहरु एकताको बिरोधि नभएको र एकताको बिरोधि केपि वलि भएको जिकिर गर्नुभएको छ।
प्रधानमन्त्री केपि शर्मा वलिले स्वेच्छाचारी ढङ्गबाट गरेको प्रतिनिधि सभा विघटन पुनः गठन भए सङ्गै आउने दिनहरुमा आउने सरकार प्रमुखले कहिले यस्ता गल्ती नदोहोर्याउने र सबै कम्युनिस्ट एक भएर अघि बड्न समेत आह्वान गर्नुभयो।अहिले सम्म मदन भण्डारी ,बहुदलीय जनवाद को खोल ओडेर बाचिरहेका केपि वलिले रस आफुले खाएर बाकी खोस्टा बनाएर फालेर अब बाच्ने आधारको लागि पशुपतिनाथ,मन्दिर,चर्च ,गुम्वा तिर शक्ति माग्दै हुन्हुन्छ तर अब कसैको तपाइलाइ बचाउन नसक्ने जिकिर गर्दै लाज पचाएर नबस्नुस राजिनामा दिनको विकल्प नभएको बताउनु भयो।
कम्युनिस्टहरु केपि प्रवृत्ति को हुन नहुने प्रतिगमन ढाली नेपाली जनताको जित भए सङै अब आउने दिनहरुमा मपाइतोको बिचार लाई पर फालेर तुरुन्त राजिनामा दिनुको विकल्प नरहेको नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य ओम शर्माले बताउनुभयो।
नेपाली जनताको लामो तपस्या र संघर्ष पछि आएको लोकतान्त्र,गणतन्त्र पछि निर्माण भएको संविधान माथी प्रतिगमन गरि कुठाराघात गर्ने केपि वलि केही दिनको पाहुना मात्र भएको नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य, प्रदेश १ अध्यक्ष घनेद्र बस्नेत ले बताउनु भयो।बस्नेतका अनुसार केपि वलि को प्रतिगमन प्रवृद्धि को साइनो हिजो का राजामहाराजा ग्यानेन्द्र सङ्ग को साइनो रहेको प्रष्ट पार्नुभएको छ।
भेलामा प्रेस संगठन नेपाल जिल्ला,प्रदेश ,केन्द्रिय कमिटिका पदाधिकारी को उपस्थित रहेको थियो।भेलामा १ दर्जन बढि नेतृत्व ले सुभकामना मन्तव्य राखेका थिए।
“पुर्ण प्रेस स्वतन्त्रता रक्षाका निम्ति प्रेस संगठन नेपालको आह्वान,प्रतिगमन विरुद्ध सन्चारकर्मिको सामुहिक अभियान ।भन्ने मुल नाराका साथ सम्पन्न भएको भेलामा प्रेस संगठन नेपाल प्रदेश .१को उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलामा स्वागत मन्तव्य प्रेस संगठन नेपाल सुनसरी संयोजक श्रीशिसा राइले राख्नु भएको थियो।