आवरउदयपुर,जेठ २३ ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






