बेलका उदयपुर,२०७७ फागुन १३
प्रधानमन्त्री रोज़गार कार्यक्रम अन्तर्गत बेलका नगरपालिका को वडा नं ८ मा पदमार्ग निर्माण कार्य सुरु भएको छ।
रंगमहल- बोप्ताड० पदमार्ग निर्माण आयोजनाको आयोजित सिलान्यास कार्यक्रममा आज फागुन १३ मा बेलका नगरका नगर प्रमुख दुर्गा कुमार थापा’स्वस्ती’ र उप प्रमुख राजकुमारी चौधरीले संयुक्त रुपमा सिलान्यास गर्नुभएको छ।
पदमार्ग सिलान्यास गर्नुहुदै नगर प्रमुख थापाले बोप्ताड०बाट उड़ान हुने प्याराग्लाईडिड० स्थलसम्म पुग्न पदमार्ग र मोटर बाटो निर्माण भईरहेको कार्यक्रममा जानकारी गराउनुभयो।थापाले पदमार्ग रहेको माथिल्लो स्थानमा ध्यान केन्द्र पनि बनाउने र बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने बताए।
प्रधानमन्त्री स्वरोज़गार कार्यक्रम अन्तर्गत १३ लाख ९५ हजार र वडा नं ८ को वडा कार्यालयको ९ लाख रुपैया गरी कुल २२लाख ९५ हजार रुपैया बरावरको लागतमा सो पदमार्ग निमार्ण सुरु गरिएको कार्य बाहक वडाध्यक्ष शिब कुमार थापाले बताए ।कार्यवाहक वडाध्यक्ष थापाको अनुसार यस पटक तीनसय मिटरको सिढी बन्ने छ भने यस अघि १ सय ७२ मिटरको पदमार्ग सिढी निर्माण भईसकेको छ।
रंगमहल – बोप्ताड० पदमार्ग १२ सय मिटरकौ हुनेछ। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला , निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतम, नेकपा उदयपुर जिल्ला सदस्य नरेन्द्र राउत, प्रेस संयोजक ललित राई , रोज़गार संयोजक बिमला थापा लगायत स्थानियहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर