आवरउदयपुर,जेठ २१ ।आजबाट गाईघाटमा बाहिनिपति ट्रफि २०८१ फुटबल प्रतियोगिता सुरु भएको छ । त्रियुगा नगरपालिका १३ स्थित थारुहट रंगशालामा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुर्गा गण बक्स ओखलढुँगा र पशुपति गण बोक्से खेल्दा दुर्गा गण बक्स बिजयी बनेको छ । पशुपति गण बोक्सेलाई १÷० ले हराउँदै दुर्गा गण बिजयी बनेको हो । खेलको पहिलो हाफमा दुर्गा गणको तर्फबाट जर्सि नं ६ का गोकुल कुवरले गोल गरेका थिए । सोही गोल दुर्गा गणको लागि बिजयीको निर्णय गोल बन्यो । उता पशुपति गण बोक्सेले भने खेल अबधिभर गोल गर्न सकेन । प्रतियोगिताको उद्घाटन भुल्केका बाहिनिपति मनोज बेदवारले गरेका थिए भने उदयपुर जिल्ला प्रमुख अधिकारी हरि प्रसाद घिमिरे, उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापा लगायतको उपस्थित रहेको थियो ।