गंगा राई,चैत्र२८
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट स्थित श्री वन प्राविधिक श्रीमती समूहको आयोजना र डिभिजन वन कार्यलय उदयपुरको सहयोगमा महिला लक्षित १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका मुख्य आकर्षक प्रमूख अतिथी प्रदेश नं १ का उपसभामुख माननिय सिर्जना दनुवार ले गमलामा पानि हालेर उद्घाटन गर्नु भएको थियो।
वातावरणीय सचेतनामा महिलाको भुमिका भन्ने मूल नारा लाई अग्ररूप दिदै सुरूवात भएको यो कार्यक्रम उदयपुर जिल्लावाट सुरूभएको हो।
आजको प्रमुख अतिथी सिर्जना दनुवारले महिलाहरू प्रत्यक्ष रूपमा वन संग जोडिएको हुनाले वनलाई संरक्षण र सम्वर्धन गर्न हामि सबैको दायित्व रहेको वाहाको भनाई छ।
देशको हरेक काममा महिलाको अग्रसर र समान सहभागीता हुन सकेनभने हरेक कामहरू पूर्ण नहुने र कुनैपनि नेत्रृत्वमा उत्तरदायित्व,लगनशिलता र पारदर्शिता हुनुपर्नेमा जोड दिनु भएको छ।
जनसंख्याको तिव्र वढ्ढोत्तरी संगै वातावरणीय प्रदुषणको चुनौती पनि उतिकै वढीरहेको वेला वनजंगललाई संरक्षण गर्न महिलाहरूको प्रमुख भुमिका केके हुन सक्लान र यस्ता कार्यक्रमलाई विस्वव्यापि रूपमा फैलाउन दिनरात लागिरहेको श्री वन प्राविधिक श्रीमती समुहका अध्यक्ष अप्सरा उप्रेती(ओलि)ले जानकारी दिनुभयो।
साथै भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन समूह,संचारकर्मि,शिक्षक,विधार्थी,कर्मचारी महिलाहरूको वाक्लो उपस्थिती रहेको थियो।साथै डिभिजन वन कार्यलय उदयपुर प्रमूख डा.ईन्द्र प्रसाद सापकोटा,सोहि कार्यलयका अधिकृत जागेश्वर शाह,नेपाल पत्रकार महासंघ साखा अध्यक्ष भरत खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रम संचालन श्रीमती समूहका सचिव कल्पना पौडेलले गर्नु भएको थियो भने श्रीमती समूह कै सदस्य अनु सापकोटा ले स्वागत मन्तव्य राख्नु भएको थियो।उदयपुर जिल्लावाट सुरू भएको कार्यक्रम सवै जिल्लाहरूमा क्रमवद्व रूपले अगाडी बढाउदै लैजाने आयोजकको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय