आवरउदयपुर,फागुन ४। ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ ।

ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ ९सोमबार० देखि सुरू गर्न लागिएको हो । परीक्षार्थी धेरै भएकाले दैनिक पाँच सिफ्टमा तीन चरणमा परीक्षा गरिने भएको छ । यस वर्ष हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे, दिउँसो १, ३ बजे र अपरान्ह ४१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ ।

पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ । अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ ।

२०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन् । प्रत्येक दिन २ हजारसम्म परीक्षार्थी सहभागी गराउँदा जुलाई ३० (साउन १५) सम्म दोस्रो चरणको सञ्चालन गरिने तयारी छ ।

त्यस्तै तेस्रो चरणको परीक्षा नोभेम्बर ११ (कात्तिक २६) देखि सुरू गरेर डिसेम्बर १५ (२०८१ मंसिर ३०) सम्म सञ्चालन गर्ने तयारी छ । यो चरणमा ३६ हजार १७९ जना सहभागी हुनेछन् ।

परिक्षा हुनुभन्दा १ दिनअघि आफ्नो सिफ्टअनुसार ईपीएस कोरिया शाखा ग्वार्कोमा ‘बायो मेट्रिक्स रजिस्टरर फिङगर प्रिन्ट’ दर्ता गराउनुपर्ने एपिएस काेरिया शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय