उदयपुर २०७७ फागुन ९
अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला संघर्ष समितिले प्रतिगमन विरुद्ध बिरोध प्रदर्शन गरेको छ।उदयपुर जिल्लाको सदरमुकाम गाइघाट स्थित पिपलबोट मा बिरोध प्रदर्शनमा गरेको छ।
प्रधानमन्त्री केपि शर्मा वलि ले संसद विघटन गरि आम नेपाली जनताको छातिमा कुल्चेर आफू खुशि गरि छोटेमहाराजा बन्न खोजेको र समानुपातिक नीति लाई कुठाराघात गरि जनताको काम गर्न नसकी बिचैमा खुट्टा तान्ने वलिको “कु”बुद्धि लाई जनताले राम्ररी बुझि सकेको र अब पछुताउनु भन्दा अरु बिकल्प नरहेको नेपाल कम्युनिस्ट पार्टी प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिब इस्वरमणि राउत ले बताए।
प्रतिगमनको विरुद्ध मा आम महिला आमा,दिदी,बहिनी हरु सडकमा एक भएर लड्ने,सांसद पुनर्गठन नगरे सम्म सडक नछाड्ने पुर्व सांसद नेकपा प्रदेश कमिटी सदस्य मणि खम्बु (रिवासी)ले जनकारी दिए।दिनहु महिला हत्या हिंसा,बलात्कार पछिको हत्या जस्ता जघन्य अपराध बढी रहेको बेला हत्यारा अपराधिलाइ कार्बाही गरि कानुनी कठघरामा ल्याएर कार्बाही गरि पिडितलाई न्याए दिलाउनु नसक्ने केपि सरकार ले आम नेपाली जनता,न्यायाप्रेमी महिलाहरुको त्याग र बलिदानबाट स्थापित गरेको संविधान मास्ने काम भइ रहेको छ यो सरासर गलत कार्य भएको आम नेपाली महिला दिदी बहिनिहरुको हकअधिकार स्थापित नभए सम्म सडक नछाड्ने बताए।
निर्मला पन्त,भागरथी भट्ट जस्ता बलत्कार पछि हत्या गरिएका थुप्रै बलत्कारी हत्यारा लाई तुरुन्त कार्बाही गरि महिलाहरुको हक अधिकार र सुरक्षाको सुनिश्चित गर्नु पर्ने अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य समिक्षा मगरले जानकारी दिए।
कार्यक्रम हजार महिलाहरुको उपस्थितिमा सम्पन्न भएको थियो।कार्यक्रमम नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र न २ संयोजक एबिराज राई,लगायत जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम अनेमसंघ संघर्ष समिती जिल्ला सचिब बिक्रमी चौधरिले संचालन गरेकी थिइन भने कार्यक्रम समापन अनेमसंघ जिल्ला संघर्ष समिती संयोजक राधा खड्काले गरेकी थिईन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय