आवरउदयपुर,पौष २४ । उदयपुरगढी गाउँपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । अघिल्लो वर्षदेखि सुरु हुँदै आएको पालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को दोस्रा संस्करण २४ गते मंगलबारबाट सुरु हुने भएको हो ।
उदयपुरगढी गाउँपालिका र स्थानीय नमूना माध्यमिक विद्यालय भलायडाँडाको संयुक्त आयोजनामा हुने प्रतियोगिता २६ गते समापन हुने छ । गाउँपालिकाको वडानं ६ स्थित भकुण्डेचौरीमा बिहान १० बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले गर्ने कार्यक्रम रहेको आयोजक बिद्यालयका प्रधानाध्यापक देवीबहादुर राईले जानकारी दिए ।
युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा हुने प्रतियोगितामा लङ जम्प, हाई जम्प, ट्रिपल जम्प, रनिङ्ग, सटफुट लगायतका खेल राखिएको छ । रनिङ्ग प्रतियोगिता र उद्घाटन वाहेक सबै खेल नमुना माध्यमिक बिद्यालय भलायडाँडा ६ मा पुस २५ गते बिहान साढे ७ः०० बजेदेखि सुरु हुनेछ ।
सोही दिन र खेलमैदानमा बिहान ११ बजेदेखि भलिबल खेल सञ्चालन हुने तालिकामा उल्लेख छ । पुस २६ गते भलायडाँडा माविको प्राङ्गणमा दिउँसो ३ः०० बजे समापन तथा पुरस्कार बितरण कार्यक्रम रहेको प्रधानाध्यापक राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर