आवरउदयपुर,पौष १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।
सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन शुक्रबार प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।