आवरउदयपुर,पौष १३ । नेपाल इन्स्योरेन्सको लाभांश पारित भएको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न ७५ औं वार्षिक साधारणसभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

साथै रित्तल विज्ञ स्वतन्त्र सञ्चालक वीर विक्रम रायमाझीलाई ४ वर्षका लागि नियुक्त गरिएकाले सो प्रस्तावलाई समेत सभाले अनुमोदन गरेको छ ।

त्यस्तै, कम्पनीको बाकी चुक्ता पुँजीका लागि हकप्रद शेयर जारी गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर