आवरउदयपुर,मंसिर २० । पूर्वी क्षेत्रमा लुकेर रहेका प्रतिभाको पहिचान तथा अबसरका लागि पुर्वी स्टार गायन प्रतियोगिता हुने भएको छ । पुर्वको माटो, पुर्वको पहिचानका लागि हाङ अनलाईन म्यूजिक प्रालिको आयोजनामा पुर्वी स्टार गायन प्रतियोगिता सिजन वानको सञ्चालनको तयारी गरिएको हो ।
नगद ४ लाख राशी रहेको प्रथम पुरस्कारमा थप एकतोला सुनको सिक्री, ट्रफि, प्रमाणपत्र र एउटा गित रेकर्ड गर्ने अवसर प्राप्त गरिने कार्यक्रम निर्देशक टिआर लिम्बुले बताए । त्यसैगरी प्रतियोगीतामा दोश्रो स्थान प्राप्त गर्नेलाई नगद १ लाख ५० हजारका साथमा ट्रफि, प्रमाणपत्र र एउटा गीत गाउने अबसर र तेश्रो हुनेले नगद ५० हजारका साथमा ट्रफी, प्रमाणपत्र र एउटा गीत रेकर्ड गर्ने अबसर प्राप्त हुने निर्देशक लिम्बूले जानकारी दिए ।
प्रतिगोगीता अवधीभर प्रत्येक लाईभ राउण्डमा उत्कृष्ट प्रस्तुत गर्ने एक जनालाई उपहार स्वरुप एकथान गिटार प्रदान गरिने र विजेतालाई स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्रमणको अबसर प्रदान गरिने कार्यक्रम संयोजक सुमन कुरुम्वाङ्गले बताए ।
ठुला–ठुला प्रतियोगिता भईरहेको बेला मोफसलका सबै जना त्यहाँ पुग्न सक्ने अवश्था नरहेकाले त्यस्ता नवप्रतिभालाई अवसर दिन पनि यसलले सहयोग पुग्ने उनको भनाई छ । उनले भने, ‘क्षमता र प्रतिभा भएर पनि अवसर नपाएर बस्नु पर्ने बाध्यताको अन्त्य गर्दै नेपाली सांगितिक क्षेत्रलाई आकाशमा पुर्याउने लक्ष्यकासाथ कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितालाई ‘पुर्वको आवाज पुर्वको सान, पुर्वी स्टार गायन प्रतियोगीता सिजन वान’ नाम दिईएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि मंसीर १५ देखि ९८४२४२६२०६ र ९८६९७५५२५५ मा ह्वाट्स एप मार्फत आवेदन दिन सकिने छ । आवेदनका लागि निवेदन दस्तुर रु १ हजार लाग्ने र उक्त रकम आयोजक कम्पनीको क्यूआर कोडमा स्क्यान गरि तिर्नुपर्ने तथा आवेदनमा दस्तुर बुझाएको क्यूआरको स्कृनसर्ट फोटा समेत समाबेश गर्नुपर्ने हाङ अनलाईन म्यूजिक प्रालिले जनाएको छ ।
पुस महिनाबाट सुरु हुने प्रतियोगिताको समापन चैत्रमा गरिने आयोजकले जानकारी दिएको छ । आवेदन सँगै आफुले विना ट्रयाक गीत गाएर रेकर्ड गरी ह्वाट्स एप मार्फत नै भिडियो पठाउनुपर्ने व्यवस्था गरिएको निर्देशक लिम्बूले बताए । पहिलो अडिसनबाट छनौट भएकाहरुले दोश्रो चरणको ट्रयाक गित गाएर भिडियो अनलाई मार्फत पठाउनु पर्ने उनले बताए ।
यसरी छनौट भएपछि मात्र धरानमा हुने लाईभराउण्ड कार्यक्रममा भौतिक रुपमा नै उपस्थित भएर ग्राण्डफिनाले सम्मको प्रतिष्पर्धामा सहभागी हुन पाउने व्यवस्था गरिएको निर्देशक लिम्बुले बताए । प्रतियोगितामा नेपालभित्र बोलिने सबै राष्ट्रिय तथा मातृभाषामा गीत गाउन पाईने पनि आयोजकले जनाएको छ ।